ब्रेकिंग न्युज

सहकारीको सेवा विस्तारसँगै सामाजिक सुरक्षामा जोड



बाणगंगा, कपिलवस्तु, ६ भाद्र

सामुदायिक अपाङ्गता बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आर्थिक कारोबारसँगै सदस्यको सामाजिक सुरक्षा र संस्थागत सेवा विस्तारलाई प्राथमिकतामा राखेको जनाएको छ। संस्थाको २३औँ वार्षिक साधारण सभामा प्रस्तुत वार्षिक प्रगति प्रतिवेदनले सहकारीले सदस्यको आर्थिक हितसँगै सामाजिक उत्तरदायित्वलाई समेत आफ्नो कार्यदिशाको महत्वपूर्ण हिस्सा बनाएको संस्थाका अध्यक्ष हेमनाथ ज्ञवालीले बताउनु भयो ।

बाणगंगा नगरपालिका–४, कपिलवस्तुमा रहेको संस्थाले सदस्यको मृत्यु भएमा काजकिरिया खर्चबापत परिवार वा हकवालालाई रु. ५ हजार उपलब्ध गराउने व्यवस्था गरेको जनाएको छ। यस्तो सुविधा लिन सदस्यले मृत्यु हुनु भन्दा कम्तीमा तीन महिनाअघिसम्म नियमित बचत गरेको हुनु पर्ने प्रावधान राखिएको जनाएको छ।

त्यस्तै महिला सदस्यलाई पहिलो र दोस्रो पटक सुत्केरी हुँदा प्रति पटक रु. २ हजारका दरले सुत्केरी खर्च उपलब्ध गराउने नीति संस्थाले अघि सारेको छ। सदस्य तथा कर्मचारीको बीमाको सम्भाव्यता अध्ययन गर्ने योजना समेत प्रतिवेदनमा उल्लेख छ।


सहकारीले कर्मचारीको सामाजिक सुरक्षालाई समेत प्राथमिकतामा राख्दै मासिक खाईपाई आएको तलबको १० प्रतिशत संस्थाले र कर्मचारीले समेत थप गरी कुल २० प्रतिशत बराबरको रकम कर्मचारी सञ्चय तथा सामाजिक सुरक्षा कोषमा व्यवस्थापन गर्ने योजना अघि सारेको छ। यसले सहकारीमा कार्यरत कर्मचारीको दीर्घकालीन आर्थिक सुरक्षा मजबुत बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको अध्यक्ष ज्ञवालीको तर्क रहेको छ।
सहकारीको मूल उद्देश्य बचत संकलन र ऋण प्रवाह मात्र नभई सदस्यको जीवनसँग जोडिएका सामाजिक आवश्यकतामा समेत सहयोग पु¥याउनु भएकोले सदस्यको मृत्यु संस्कारमा सहयोग, सुत्केरी खर्च, बीमा तथा कर्मचारी सामाजिक सुरक्षा जस्ता कार्यक्रमले सहकारीलाई सदस्य केन्द्रित संस्थाका रूपमा स्थापित गर्न सहयोग पुग्ने गरेको अध्यक्ष ज्ञवालीको भनाई रहेको छ।
यस्ता सामाजिक कार्यक्रमलाई दीर्घकालीन रूपमा निरन्तरता दिन संस्थाको वित्तीय क्षमता, कोषको पर्याप्तता र खर्च व्यवस्थापनबीच सन्तुलन कायम गर्न आवश्यक हुने र आर्थिक कारोबार विस्तारसँगै जोखिम व्यवस्थापन, पारदर्शीता र आन्तरिक नियन्त्रणलाई प्रभावकारी बनाउदै सहकारीले सदस्यको आर्थिक तथा सामाजिक सुरक्षामा थप योगदान पु¥याउन सक्ने अध्यक्ष हेकमनाथ ज्ञवालीको तर्क रहेको छ ।

प्रकाशित : ६ भाद्र २०८३, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६