कपिलवस्तु, २० वैशाख । लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य भएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विश्वासको मत पाएसँगै प्रदेशसभाको हिउँदे अधिवेशन पनि अन्त्य भएको हो ।
प्रदेश प्रमुखको कार्यालय बुटवलले विज्ञप्ति जारी गर्दै मंगलबार राति १२ बजेदेखि प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य हुने जनाएको छ ।
कार्यालयका सचिव प्रह्लाद पोखरेलले जारी गरेको विज्ञप्तिमा प्रदेश प्रमुखले संविधानको धारा १८३ को उपधारा (२) अनुसार प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य गरेको उल्लेख गरिएको छ ।
प्रतिक्रिया