देश

नेपाल सरकारका सचिव पाण्डे पक्राउ



काठमाण्डाै, २० वैशाख । प्रहरीले नेपाल सरकारका सचिव टेकनारायण पाण्डेलाई पक्राउ गरेको छ । नक्कली भुटानी शरणार्थी बनाएर नेपालीलाई अमेरिका पठाएको घटनामा पाण्डे पनि जोडिएपछि पक्राउ गरेको काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका प्रमुख एवम् प्रहरी अतिरिक्त महानिरीक्षक श्यामलाल ज्ञवालीले उज्यालोलाई जानकारी दिनुभयो । उहाँलाई सामान्य सोधपुछका लागि पक्राउ गरिएको ज्ञवालीले बताउनुभयो ।  

पक्राउ परेका सचिव पाण्डे अहिले उपराष्ट्रपति कार्यालयको सचिव हुनुहुन्छ भने उहाँ यसअघि गृह मन्त्रालयको समेत सचिव भइसक्नुभएको छ । पाण्डेलाई पक्राउ गर्न प्रहरीले हिजो मङ्गलवार जिल्ला अदालत काठमाण्डौबाट पक्राउ पुर्जी जारी गरेको थियो ।

प्रहरीका अनुसार सचिव पाण्डे गृह सचिव भएकै बेला नक्कली शरणार्थी बनाएर नेपालीलाई अमेरिका पठाउने गिरोहसँग लेनदेनमा सक्रिय भएको अनुमान छ । यसै घटनामा प्रहरीले अस्ति पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राईलाई पक्राउ गरेको थियो ।

प्रकाशित : २० बैशाख २०८०, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६