देश

राष्ट्रपतिद्वारा मिटरब्याज समस्या समाधान गर्ने अध्यादेश जारी



काठमाण्डाै, २० वैशाख । राष्ट्रपति रामचन्द्र पाैडेलले मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्‍यादेश २०८० जारी गर्नुभएकाे छ । आज बुधवार राष्ट्रपति पाैडेलले याे अध्यादेश जारी गर्नुभएकाे हाे । 

मङ्गलवार बसेकाे मन्त्रिपरिषद्काे बैठकले मिटरब्याजसँग सम्बन्धित समस्यालाई कानुनी रूप दिन अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पठाएकाे थियाे । त्यही अध्यादेशलाई राष्ट्रपतिले आज जारी गर्नुभएकाे हाे । सरकारले मिटरब्याज अनुचित लेनदेन भन्दै मिटरब्याजीलाई कारबाही गर्ने गरी अध्यादेश ल्याएको हो ।

यो अध्यादेश जारी भएसँगै अब मिटरब्याजीलाई कारबाही गर्ने बाटो खुल्ने भएकाे छ । मिटरब्याज पीडितले मिटरब्याजीलाई कारबाही हुनुपर्ने र आफूहरूलाई न्याय मिल्नुपर्ने भन्दै आन्दोलन गरेपछि सरकारले कारबाही गर्ने सहमति गरेको थियो ।

प्रकाशित : २० बैशाख २०८०, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६