देश

सीप सिकेर वैदेशिक रोजगारीमा जाने श्रमिकको सङ्ख्या बढ्यो



काठमाडौ, २१ वैशाख । नेपालबाट वैदेशिक रोजगारीमा जाने सीपयुक्त श्रमिकको सङ्ख्या बढ्न थालेको छ ।

लामो समयदेखि नेपालबाट हातमा सीप नभएका श्रमिकहरू बिदेसिने क्रम रहँदै आएपछि पछिल्लो केही समययता दक्ष श्रमिकको सङ्ख्या बढ्दै गएको वैदेशिक रोजगार विभागले श्रम स्वीकृति दिएको तथ्याङ्कले देखाएको छ । 

आर्थिक वर्ष २०७७/२०७८ मा कोरोना महामारीको कारण एक लाख ६६ हजार ६९८ जना वैदेशिक रोजगारीमा गएकोमा ७० हजारभन्दा धेरै दक्ष अर्थात् सीपयुक्त रहेको विभागको तथ्याङ्क छ ।

यस आर्थिक वर्षमा ८० हजार तीन सय ८२ जना अदक्ष(सीप नभएका) श्रमिकलाई विभागले श्रम स्वीकृति दिएको छ भने १५ हजार ५८३ जना अर्धदक्ष श्रमिकले श्रम स्वीकृति लिएका छन् । 

अघिल्लो आर्थिक वर्ष २०७८/२०७९ मा ६ लाख ३० हजार ९० जनाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकोमा दुई लाख ९१ हजार ८८९ जना दक्ष(सीपयुक्त) श्रमिक रहेका छन् । यो सङ्ख्या अदक्ष श्रमिकभन्दा झण्डै १० हजारले बढी हो ।

अदक्ष श्रमिकको रूपमा श्रम स्वीकृति लिनेहरूको सङ्ख्या दुई लाख ८३ हजार ६८ जना रहेको विभागले जनाएको छ । 

यस आर्थिक वर्षमा ५४ हजार ३२८ जना अर्धदक्ष, ६८० जना व्यवसायीक र १२५ जना उच्च सीप भएकाहरूले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका छन् । 

चालु आर्थिक वर्षमा पनि यो सङ्ख्या बढ्दो

चालु आर्थिक वर्षमा पनि वैदेशिक रोजगारीमा जान सरकारसित श्रम स्वीकृति लिनेहरूमा दक्ष श्रमिककै सङ्ख्या बढी रहेको छ । चालु आर्थिक वर्षको साउन महिनामा वैदेशिक रोजगारीमा जान ६३ हजार ३९ जनाले श्रम स्वीकृति लिँदा ३८ हजार ७७ जना दक्ष श्रमिक रहेका छन् ।

जसमा ३३ सय ९६ जना महिला र ३४ हजार ६८१ जना पुरुष रहेका छन् । भदौ महिनामा ७६ हजार ४०३ जनाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका छन् । जसमा सबैभन्दा धेरै दक्ष श्रमिकको सङ्ख्या रहेको छ । ४१ हजार ८३२ जना पुरुष र  ४ हजार २३७ जना महिला गरी ४६ हजार ६९ जनाले दक्ष श्रमिकको रूपमा श्रम स्वीकृति लिएका छन् । 

यस्तै असोजमा महिनामा ६२ हजार ७०६ जनाले श्रम स्वीकृति लिँदा ३९ हजार ७९० जना दक्ष श्रमिकले श्रम स्वीकृति लिएका छन् । यो सङ्ख्या क्रमशः बढ्दै गएको विभागले जनाएको छ ।

गएको चैत महिनामा वैदेशिक रोजगारीमा जाने ६१ हजार ४७८ जनामा ४१ हजार ७२९ जना सीपयुक्त श्रमिक रहेको विभागले जनाएको छ ।

पछिल्लो समय वैदेशिक रोजगारीमा जानेहरू आफैँमा पनि सीप सिकेर मात्र वैदेशिक रोजगारीमा जानु पर्छ भन्ने भावना विकसित भएकाले वैदेशिक रोजगारीमा सीपयुक्त श्रमिकको सङ्ख्या बढ्दै गएको विज्ञहरू बताउँछन् ।

प्रकाशित : २१ बैशाख २०८०, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६