देश

सेवा प्रवाहमा सधैँ नेपाल प्रहरी अब्बल छः आईजीपी कुँवर



गुल्मी, २१ वैशाख । प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरले प्रहरीलाई व्यक्तिगत स्वार्थभन्दा माथि उठेर संस्थागत हितमा काम गर्ने बानी बसाल्न आग्रह गर्नुभएको छ । बिहीवार जिल्ला प्रहरी कार्यालय गुल्मीको नवनिर्मित भवन उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

आईजीपी कुँवरले प्रहरी भौतिकरूपमा साधन र स्रोतमा कमजोर भए पनि नागरिकलाई सेवा प्रदान गर्ने कुरामा भने सधैँ अब्बल रहेको बताउनुभयो । नागरिकमैत्री भएर काम गर्न उहाँले प्रहरीलाई सुझाव दिनुभयो ।

जिल्ला प्रहरी कार्यालय गुल्मीको परिसरमा पाँच वटा नयाँ भवन निर्माण भएका छन् । नवनिर्मित भवनमा कार्यालय प्रमुख निवास, सिनियर प्रहरी अधिकृत आवास, ब्यारेक, मेस र हिरासत कक्ष रहेका छन् । २०७६ चैत ६ गते निर्माण सुरु भएकोमा भ्याटसहित छ करोड ६८ लाख रुपैयाँको लागतमा सम्पन्न भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डीएसपी) डिल्लीनारायण पाण्डेले जानकारी दिनुभयो ।

भवन बिकोई शुनिल–समिर जेभीले बनाएको हो । भवन निर्माण सम्पन्न भएपछि निर्माण कम्पनीले यसअघि नै जिल्ला प्रहरी कार्यालयलाई भवन हस्तान्तरण गरेको थियो । भवन निर्माणमा लुम्बिनी प्रदेश प्रहरी कार्यालयले प्राविधिक सहयोग गरेको थियो ।

प्रकाशित : २१ बैशाख २०८०, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६