कपिलवस्तु २४ वैशाख । नेपाल ट्रेड युनियन कांग्रेस जिल्ला कार्यसमिति कपिलवस्तुको अध्यक्ष पदमा बालकुमारी पन्थ अधिकारी सर्वसम्मत चयन भएका छन् । ट्रेड युनियन कांग्रेस कपिलवस्तुको आठौंं जिल्ला अधिवेशनबाट अधिकारीको नेतृत्वमा सिंगो जिल्ला कार्यसमिति सर्वसम्मत चयन भएको निर्वाचन अधिकृत अधिवक्ता कृष्ण प्रसाद पौडेलले जानकारी दिए ।ट्रेड युनियन कांग्रेस कपिलवस्तु शाखाले आठौं जिल्ला अधिवेशनबाट ट्रेड युनियन कांग्रेसको अध्यक्षमा अधिकारी, उपाध्यक्षमा नेत्र प्रसाद बञ्जाडे, सिता भट्टराई, दुर्गा अधिकारी, राम औतार चौधरी, जनक प्रसाद बेल्बासे रहेका छन् । सचिवमा गोविन्द पोख्रेल, सह सचिव सिवा पाण्डे न्यौपाने, जीवलाल पान्थी, कोषाध्यक्ष सिराज अहमद, सह कोषाध्यक्ष चित्रा पौडेल खनाल, महिला सदस्य कालिका उपाध्याय रहेका छन् । युवा संयोजकमा सिर्जना पन्थी चयन भएका छन् ।
त्यसैगरी केन्द्रीय प्रतिनिधिमा लोकनाथ शर्मा, हरिलाल अधिकारी, राम औतार चौधरी चयन भएका छन् । प्रदेश प्रतिनिधि तर्फ विष्णु बहादुर राना, विष्णु पोख्रेल, जेत प्रसाद खनाल, बीर बहादुर चौधरी, तुल्सीराम थारु, दुर्गा अधिकारी रहेका छन् ।शनिबार उद्घाटन सत्रमा समानुपातिक सांसद तथा कांग्रेसकी केन्द्रीय सदस्य रुपा विश्वकर्मा, कपिलवस्तु कांग्रेसका जिल्ला उप सभापति हुमकान्त खनाल, नेपाल कृषि श्रमिक संघ राष्ट्रिय अध्यक्ष विमला गैरे, नेपाल महिला संघ केन्द्रीय सदस्य इन्दिरा भट्टराई, नेपाली कांग्रेस क्षेत्र नं. १ का क्षेत्रीय सभापति मन्नान खाँ, क्षेत्र नं. १ (क) का प्रदेश सभापति दुर्गा केसी, कांग्रेसका युवा नेता तथा महाधिवेशन प्रतिनिधि आशिष शर्मा, डोलकराम घिमिरे, रविराज आचार्य लगायत कांग्रेस नेता तथा प्रतिनिधिहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
त
प्रतिक्रिया