कपिलवस्तु २४ वैशाख ।कपिलवस्तुको चन्द्रौटावाट जग्गा किर्ते तथा जालसाझी गरेको आरोपमा दुईजना पक्राउ परेका छन । शिवराज नगरपालिका वडा न ११ थुन्हिया वस्ने कानुन तथा लेखापढि व्यवसायी समीती ईकाई चन्द्रौटाका अध्यक्ष राम निवास कुर्मी चौधरी र उनका सहयोगी रामप्रताप यादव पक्राउ परेका हुन ।अध्यक्ष कुर्मी र उनका सहयोगी यादवले साविक विरपुर गाविस वडा न ९ स्थीत मुकेश यादवको नाममा रहेको जग्गा जग्गाधनी यादवलाई जानकारी नगराई नक्कली राजीनामा वनाएर ठगी गरेको आरोपमा वडा प्रहरी कार्यालय चन्द्रौटाले पक्राउ गरेको छ ।
जिल्लाको कृष्णनगर नगरपालिका वडा न ११ वस्ने रेखा लोहारलाई जग्गा धनी मुकेश यादवको नाममा रहेको ११ धुर जग्गालाई जानकारी नगराई राजनीमा तयार गरेर रकम असुल गरेका थिए । आरोपी कुर्मी चौधरीले पिडीत लोहारलाई मालपोत कार्यलय चन्द्रौटामा लगेर जग्गाको मोठ भिडाएको नाटक गरी नक्कली राजीनामा तयार गरेका थिए ।
चौधरीले पिडित लोहारलाई जग्गा पास भएको भन्दै दुई दिनमा जग्गाधनी पुर्जा उपलव्ध गराउने वताएका थिए । कार्यालय समय सकिएकाले दुई दिनमा आफै पुर्जा लिएर आउने वताएका चौधरीले चार दिन वित्दा समेत पुर्जा नआएपछि आफु ठगिएको अनुभव भएको वताईन ।
२५ बैशाख २०८०, सोमबार
प्रतिक्रिया