ब्रेकिंग न्युज

लघु उधम प्रवर्धनका निम्ति शिप हस्तान्तरण




कपिलवस्तु, २५ वैशाख ।
स्थानिय स्तरमै लघु उद्यमको प्रवर्धन निम्ति शिप हस्तान्तरण महत्वपूर्ण रहने नेपाल घरेलु तथा साना उद्योग महासंघ लुम्बिनी प्रदेशका कोषाध्यक्ष लक्ष्मण बेल्बासेले बताउनु भयो । लुम्बिी प्रदेशका कोषाध्यक्ष लक्ष्मण बेल्बासेले सरसफाईसंग सम्बन्धित निःशुल्क १५ दिने एडभान्स शिप हस्तान्तरण कार्यक्रमको समापन समारोहमा प्रमुख अतिथीको आसनबाट बोल्दै यस्तो धारणा राख्नु भएको हो । महासंघका लुम्बिनी प्रदेश कोषाध्यक्ष लक्ष्मण बेल्बासेले समृद्ध नेपाल, सुखी नेपालीको परिकल्पना पुरा गर्नका निम्ति स्थानिय तहबाटै स्वरोजगारी श्रृजनाका निम्ति लघु उद्यमको विकास, प्रवर्धन, संरक्षणमा जोड दिनु पर्ने तर्क गर्नु भयो । कार्यक्रममा सहकारी विकास वोर्डका कार्यकारीणि सदस्य एवम् प्रशिक्षण सन्दिप सापकोटाले आवश्यकतामा आधारित शिप हस्तान्तरण कार्यबाट सफलता मिल्ने विश्वास ब्यक्त गर्नु भयो । प्रशिक्षक सापकोटाले सहकारी अभियान मार्फत आफ्ना सदस्यलाई सक्षम बनाउनुपर्नेमा जोड दिनु भयो । कार्यक्रममा युनाईटेड नेशनल हस्पिटलका कार्यकारी निर्देशक सुन्दर आचार्यले गुणस्तरीय स्वास्थ्य सामाग्री उत्पादनमा जोड दिनु भयो ।


नेपाल घरेलु तथा साना उद्योग महासंघ जिल्ला शाखा कपिलवस्तुको आयोजना, बाणगंगा नगरपालिकाको आर्थिक सहयोग, सिनर्जी बहुउद्देश्यीय सहकारी संस्था लि. को प्राविधिक सहयोग र शुभ लक्ष्मी ल्याब्रोट्रिजको शिप हस्तान्तरण कार्यमा सहयोग पु¥याएको महासंघका महासचिव रविन्द्र पौडेलले बताउनु भयो ।


१५ दिन सम्म संचालित शिपमुलक तालिमको आईतबार समापन समारोह नेपाल घरेलु तथा साना उद्योग महासंघ जिल्ला शाखा कपिलवस्तुका अध्यक्ष फूल कुमारी श्रेष्ठको अध्यक्षता, महासंघका उपाध्यक्ष लक्ष्मी शारु मगरको स्वागत मन्तब्य र महासंघका जिल्ला महासचिव रविन्द्र पौडेलको संचालमा सम्पन्न कार्यक्रममा युनाईटेड नेशनल हस्पिटलका अध्यक्ष मुनाराम चालिसे, सिनर्जी बहुउद्देश्यीय सहकारी संस्था लि.का ब्यवस्थापक दिनामणी खनाल लगायतको आतिथ्या रहेको महासंघले जनाएको छ ।

प्रकाशित : २५ बैशाख २०८०, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६