अर्थ-वाणिज्य

लघु उद्यम प्रवर्धन निम्ति शिप हस्तान्तरण : नगरको लगानीले नव उद्यमी उत्साहित




कपिलवस्तु२५ वैशाख।स्थानिय स्तरमै लघु उद्यमको प्रवर्धन निम्ति शिप हस्तान्तरण महत्वपूर्ण रहने नेपाल घरेलु तथा साना उद्योग महासंघ लुम्बिनी प्रदेशका कोषाध्यक्ष लक्ष्मण बेल्बासेले बताउनु भयो । लुम्बिी प्रदेशका कोषाध्यक्ष लक्ष्मण बेल्बासेले सरसफाईसंग सम्बन्धित निःशुल्क १५ दिने एडभान्स शिप हस्तान्तरण कार्यक्रमको समापन समारोहमा यस्तो धारणा राख्नु भएको हो । महासंघका लुम्बिनी प्रदेश कोषाध्यक्ष लक्ष्मण बेल्बासेले समृद्ध नेपाल, सुखी नेपालीको परिकल्पना पुरा गर्नका निम्ति स्थानिय तहबाटै स्वरोजगारी श्रृजनाका निम्ति लघु उद्यमको विकास, प्रवर्धन, संरक्षणमा जोड दिनु पर्ने तर्क गर्नु भयो । कार्यक्रममा सहकारी विकास वोर्डका कार्यकारीणि सदस्य एवम् प्रशिक्षण सन्दिप सापकोटाले आवश्यकतामा आधारित शिप हस्तान्तरण कार्यबाट सफलता मिल्ने विश्वास ब्यक्त गर्नु भयो ।

प्रशिक्षक सापकोटाले सहकारी अभियान मार्फत आफ्ना सदस्यलाई सक्षम बनाउनुपर्नेमा जोड दिनु भयो । कार्यक्रममा युनाईटेड नेशनल हस्पिटलका कार्यकारी निर्देशक सुन्दर आचार्यले गुणस्तरीय स्वास्थ्य सामाग्री उत्पादनमा जोड दिनु भयो ।नेपाल घरेलु तथा साना उद्योग महासंघ जिल्ला शाखा कपिलवस्तुको आयोजना, बाणगंगा नगरपालिकाको आर्थिक सहयोग, सिनर्जी बहुउद्देश्यीय सहकारी संस्था लि. को प्राविधिक सहयोग र शुभ लक्ष्मी ल्याब्रोट्रिजको शिप हस्तान्तरण कार्यमा सहयोग पु¥याएको महासंघका महासचिव रविन्द्र पौडेलले बताउनु भयो ।


१५ दिन सम्म संचालित शिपमुलक तालिमको आईतबार समापन समारोह नेपाल घरेलु तथा साना उद्योग महासंघ जिल्ला शाखा कपिलवस्तुका अध्यक्ष फूल कुमारी श्रेष्ठको अध्यक्षता, महासंघका उपाध्यक्ष लक्ष्मी शारु मगरको स्वागत मन्तब्य र महासंघका जिल्ला महासचिव रविन्द्र पौडेलको संचालमा सम्पन्न कार्यक्रममा युनाईटेड नेशनल हस्पिटलका अध्यक्ष मुनाराम चालिसे, सिनर्जी बहुउद्देश्यीय सहकारी संस्था लि.का ब्यवस्थापक दिनामणी खनाल लगायतको आतिथ्या रहेको महासंघले जनाएको छ ।

प्रकाशित : २५ बैशाख २०८०, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६