अर्थ-वाणिज्य

नगरका सबै स्वास्थ्य संस्थाहरुमा औषधी अभाब




कपिलवस्तु २५ बैशाख।अहिले स्वास्थ्य संस्थाहरुमा विरामीको चाप बढेको छ तर कपिलवस्तुको शिवराज नगरपालिकामा औषधी आभव भएको छ । नगरपालिकामा सिटामोल लगायतका औषधी आभाव भएको हो । ज्वरो निको पार्नका लागि महत्वपुर्ण मानिएको सिटामोल औषधी नगरपालिकाको स्वास्थ्य संस्थामा आभाव भएको हो ।नेपाल सरकारले निशुल्क गरेको सिटामोल शिवराजमा नहुदाँ विरामीहरु निजि स्वास्थ्य क्लीनिकबाट खरिद गर्न बध्य भएका छन । बालबालिकाले प्रयोग गर्ने सिटामोला (झोल) लगायत औषधी शिवराज नगरपालिकाको स्वास्थ्य संस्थामा नहुदाँ विरामीहरु निजि क्लीनिकमा खरिद गर्न बध्य भएका हुन ।

नेकपा माओवादी केन्द्र शिवराज नगरका कार्यावहाक अध्यक्ष चिन्ता परियारले नागरिकको स्वास्थ्य माथि खेलवाड गरिनु गलत भएको बताउनुभयो । यथासिघ्र औषधी खरिद गरी सेवा प्रवाह गर्नु पर्ने कार्यवहाक अध्यक्ष परियारले भनाई रहेको छ ।शिवराज नगरपालिका प्रमुख प्रशासकीय अधिकृत राकेश पाण्डेले औषधी खरिद प्रक्रिया अघी बढेको बताउनुभयो । औषधी खरिदको टेन्डर निस्कासन भएकोले केही दिनमा आवश्यक औषधी खरिद गर्ने प्रशासकीय अधिकृत पाण्डेले बताउनुभयो ।

प्रकाशित : २५ बैशाख २०८०, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६