खोज–अनुसन्धान

एमालेको सचिवालय बैठक आज बस्दै: रायमाझीको विषयमा औपचारीक धारणा सार्वजनिक गर्ने




काठमाडौं २६ बैशाख । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ ।च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो २ बजे बस्ने बैठकमा आगामी केन्द्रीय समितिमा प्रस्तुत गरिने विषय र छलफल गरिने एजेन्डाका बारेमा छलफल हुनेछ । सो छलफल पछि केन्द्रीय समितिको छलफलको एजेन्डा तय हुनेछ ।एमालेको केन्द्रीय समिति बैठक यही वैशाख २८ देखी सुरु हुँदै छ ।
यसअघि झापामा हुने भनिएको बैठक संघीय संसदमा नीति तथा कार्यक्रम र बजेट लगायतका विषय छलफल गर्नु पर्ने भएको भन्दै काठमाडौंमा सारिएको थियो ।गत मंशिर ४ मा सम्पन्न निर्वाचन तथा हालै गरिएको मिसन ग्रास रुटको समीक्षालगायतका एजेन्डा आगामी बैठकमा छलफल हुने बुझिएको छ ।सचिवाालय बैठकले टोपवहादुर रायमाझीको विषयमा एमालेको औपचारीक धारणा सार्वजनिक गर्ने वताइएको छ ।

प्रकाशित : २६ बैशाख २०८०, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६