अर्थ-वाणिज्य

लुम्बिनी प्रदेशको योजना आयोगको उपाध्यक्षमा डा. केसी नियुक्त




रूपन्देही २७ वैशाख । लुम्बिनी प्रदेश योजना आयोगको उपाध्यक्ष डा. नहकुल केसी नियुक्त भएका छन् ।प्रदेश सरकारले प्रदेश योजना आयोगको उपाध्यक्षमा केसीलाई नियुक्त गरेको हो । मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले स्थानीय विकास विज्ञ डा. केसीलाई प्रदेश योजना आयोजनाको उपाध्यक्षमा नियुक्त गरेको सरकारका प्रवक्ता सन्तोषकुमार पाण्डेयले जानकारी दिए ।उपा ध्यक्षमा नियुक्त केसी स्थानीय विज्ञ हुन् । लामो समयदेखि स्थानीय विकासको क्षेत्रमा क्रियाशील डा. केसी ग्रामीण तथा स्थानीय विकासमा विद्यावारिधि गरेका छन् ।

गरिबी निवारण कोषको पूर्व कार्यकारी निर्देशक रहेका केसी अफगानिस्थानमा विकाससंग जोडिएर दशक वढी काम गरेका थिए । तुलसीपुर उपमहानगरपालिका–६ को स्थायी बासिन्दा हुन् ।मुख्यमन्त्री अध्यक्ष रहने आयोगमा ५ सदस्य समिति रहने गर्दछ । जसमा उपाध्यक्ष र चार जना सदस्य मुख्यमन्त्रीले नियुक्त गर्ने प्रावधान रहेको छ ।

प्रकाशित : २७ बैशाख २०८०, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६