भगवती न्यौपाने
कपिलवस्तु २९ वैशाख ।नेपाल स्काउटले समाज रुपान्तरण महत्वपुर्ण भुमिका खेल्ने बुद्धभुमि नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष तेजबाहादुर बस्नेतले बतउनु भएको छ । विहिवारबाट सुरु भएको नेपाल स्काउट लुम्बिनी प्रदेशको ५३१ औं बि.टि.सि.तथा ३९० औ पि.टि.सि आधारभुत स्काउट तालिमको उद्धघाटन गर्दैै उहाँले यस्तो बताउनु भएको हो । नेपालमा स्काउटका क्रियाकलापले युवापुस्ताको क्षमता अभिवृद्धि र सामाजिक सेवामा पु¥याएको योगदानको प्रशंसा गर्दै हरेक व्यक्तिमा अनुशान बनाउन स्काउटले महत्वपुर्ण भुमिका खेल्ने बताउनु भयो । साथै वडा अध्यक्ष बस्नेतले वडाबाट स्काउटलाई बजेट छुटाउने प्रतिबद्धता गर्नु भयो ।सामाजिक विकास डिभिजन कार्यलय गजेहडा कपिलवस्तुका प्रमुख राम करण पालले तालिममा बजेट अनुसारको काम पुरा गर्ने बताउदै सहकार्यमा सदा साथ रहने बताउनु भयो ।
प्रदेश स्काउट तदर्थ समिति सदस्य भगवती न्यौपानेले समाजमा स्काउटको आवश्यकता र महत्व बढ्दै गएको बताउदै स्काउटले नेतृत्व विकास र क्षमता अभिवृद्धिमा महत्वपुर्ण भुमिका खेल्ने बताउनु भयो । साथै सहभागि शिक्षक शिक्षिकाहरुलाई तालिममा सिकेका कुरा व्यवहारमा प्रयोग गर्दै विद्यालयमा स्काउट चलाउन आग्रह गर्नु भयो ।
श्री सिद्धार्थ स्मारक माध्यमिक विद्यालय बुद्धभुमिका नगरपािलका वडा नम्बर १ भेलाई कपिलवस्तुमामा भएको तालिममा नेपाल स्काउट बुद्धभुमि पालिका संयोजक कृष्ण भट्राईले स्काउटले समाजका विकृति र विसंगतिका विरुद्ध जुध्नका लागि अग्रसर बनाउँदै सकारात्मक सोचका साथ स्वयम्सेवी बनाउने गरेका बताउनु भयो ।तालिममा नेपाल स्काउट राष्ट्यि प्रशिक्षक सत्य नारण शाही,सायक राष्ट्यि प्रशिक्षक मुना लामा रहनु भएको छ भने सायक कोष लिडर मेरिना सैजु रहनु भएको छ ।उक्त तालिमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भोजेन्द्र विक्रम जिसि, स्काउट प्रदेश गोरोथ सदस्य लिलामणि गैरे, प्रदेश स्काउट अधिकृत तारा पुरी, लगायतको उपस्थिति रहेको थियो ।
सामाजिक विकास डिभिजन कार्यलय गजेहडा कपिलवस्तुका प्रमुख राम करण पालको अध्यक्षता, श्रि सिद्धार्थ स्मारक माध्यमिक विद्यालयका प्रअ डिलाराम पौडेलको स्वागत मन्तव्यमा भएको कार्यक्रमको सञ्चालन शिक्षक तथा स्काउट पालिका सदस्य रोमहर्ष पन्थीले गर्नु भएको थियो ।सामाजिक विकास डिभिजन कार्यालय गजेहडा कपिलवस्तुको आयोजना स्थानिय स्काउट कार्यालय बुद्धभुमि नगरपालिकाको समन्वय रहेको तालिममा कपिलवस्तु र अर्घाखाँचीका ४८ जाना शिक्षक शिक्षिकाको सहभागिता रहेको छ । तालिम ५ रात ६ दिन सञ्चालन हुने छ ।
२९ बैशाख २०८०, शुक्रबार
प्रतिक्रिया