अर्थ-वाणिज्य

खाणका क्षेत्रकै नागरिक उठे भ्रष्टाचार बिरुद्धको संघर्षमा




रुपन्देही ३१ बैशाख।भ्रष्टाचारविरुद्ध देशका विभिन्न ठाउँमा युवाहरूले प्रदर्शन गरिरहेका बेला रुपन्देहीको तिलोत्तमामा पनि भ्रष्टाचारविरुद्ध शनिबार युवाहरूले प्रदर्शन गरेका छन् । देशमा भ्रष्टाचारका घटना बढेको र नियन्त्रण गर्नुपर्ने माग गर्दै युवाहरूले दबाब सिर्जना गर्न प्रदर्शन गरेका हुन् ।पूर्व गृहमन्त्री, नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाणको तिलोत्तमा नगरपालिका गृहनगर हो ।

पूर्व गृहमन्त्री खाण नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धानका लागि प्रहरी हिरासतमा हुनुहुन्छ । कुनै सङ्गठनको आयोजना नभई स्वतन्त्र रूपमा भ्रष्टाचारविद्ध प्रदर्शन गरिएको सहभागी युवक विजय पाण्डेले बताउनुभयो । तिलोत्तमाको मणिग्राम चोकमा आयोजित विरोध कार्यक्रममा युवाहरूले ‘राजनीतिक भ्रष्टाचारविरुद्ध एकजुट हौँ’, ‘राजनीतिक भ्रष्टाचार देशको शत्रु हो’, ‘राजनीतिक संरक्षणमा भ्रष्टाचारीले उन्मुक्ति नपाउन ’ सरकारले खुट्टा कमाए खबरदार’ जस्ता नारा लेखिएका प्लेकार्डसहित युवाहरूले प्रदर्शन गरेको प्रहरीले जनाएको छ ।

प्रकाशित : ३१ बैशाख २०८०, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६