अर्थ-वाणिज्य

लुम्विनी बहुउदेश्यीय सहकारी संकटग्रस्त : बचत कर्ताद्धारा घेराऊ




बुटवल १ जेठ । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं ३ ड्राईभरटोलमा रहेको श्री लुम्विनी बहुउदेश्यीय सहकारी संस्थाका सन्चालकहरुलाई बचतकर्ताहरुले घेराउ गरेका छन्।उक्त सहकारीले बचतकर्ताहरुसंग दैनिक संकलन गरेको बचत रकम फिर्ता गर्न नसकेपछि उनीहरुले कार्यालयमा पुगेर सहकारीक सन्चालक तथा ब्यवस्थापकलाई रकम फिर्ता गर्न दवाव दिएका थिए।सहकारीमा बचतकर्ताहरुको अत्याधिक भिड लाग्न थालेपछि ड्राइवरटोलमा रहेको वेलकम पार्टी प्यालेसको हलमा लगेर छलफल गरेका थिए।तिलोत्तमा नगरपालिका वडा नं ४ बिष्णुपुरका माधव थापाले सन्चालन गरेको होटलबाट आम्दानी गरेको दैनिक एक हजारका दरले उक्त सहकारीका संकलक कर्मचारी मार्फत संकलन गरेको तर आफुलाई आबश्यक पर्दा सहकारीले दिन नसकेको बताए।
मैले गएको मंसिर महिनाबाट दैनिक एक हजारका दरले संकलन गरेको रकम एक लाख ४० हजार भएछ तर बैसाख २२ गते देखि संकलन गर्न आउने कर्मचारी बहिनीहरु नआएपछि आफु झस्केको बताए।मैले त ठिकै होला भनेको थिए अरु सहकारी भाग्दा पनि यो सहकारी भाग्दैन भन्दै उठाउन आउने कर्मचारीहरु बैसाख २२ गते देखि उठाउन आउन छोडेपछि कार्यालय आउदा कार्यालय समेत सुचना टासेर १ साताको लागी बन्द गरेको रहेछ थापाले भने।त्यसैगरी नयामिलमा फेन्सी तथा कस्मेटीक पसल गर्दै आएकी कल्पना गिरीले आफुले दैनिक ५ सय रुपैयाका दरले संकलन गर्दै आएको रकम फसेको बताईन्। मैले अरु रकम लिई अव करीव ८ हजार नउठला जस्तो छ उनले भनीन्।मणिग्राममा फेन्सी पसल गर्दै आएकी शुशिला केसीले आफ्नो पसलबाट संकलन गर्न आउने कर्मचारीहरु मार्फत जम्मा गरेको ६४ हजार ५ सय रुपैया बचत संकलन भएको तर सहकारीले अव कहिले दिन्छ भन्नेमा अन्यौल रहेको बताईन्।
त्यसैगरी मणिग्राममै बिजुलीका समानहरुको पसल सन्चालन गर्दै आएको अर्घाखांचीका शालिकराम पाण्डेले आफुले कहिले ५ सय र कहिले १ हजार गरी दैनिक रुपमा रकम बचत गरेको भएपनि आफुलाई समस्या पर्दा सहकारीले पैसा नदिएको गुनासो गरे।तिलोत्तमा नगरपालिकामा २०७८ सालमा दर्ता न ८ राखेर दर्ता भएको श्री लुम्विनी बहुउदेश्यीय सहकारीले आफ्नै ९ जना कर्मचारी मार्फत बचत संकलन र कार्यालय ब्यवस्थापनको काम गर्दै आएको थियो।तिलोत्तमा नगरपालिका कार्यक्षेत्र भएर दर्ता गरेको उक्त सहकारीले कर्मचारीहरुलाई पायक पर्ने बुटवल उपमहानगरका केही बचतकर्ताहरु संग समेत रकम संकलन गर्ने गरेको सहकारीका कर्जा अधिकृत रमेश खनालले बताए।
हामी समस्यामा छैनौं तर बचतकर्ताहरु एकैपटक फिर्ता माग्न आउनु भयो त्यसैले समस्या देखिएको हो अव क्रमैसंग सबैको रकम भुक्तानी गर्ने छौं खनालले भने। सहकारीका अध्यक्ष रामजी अर्यालका अनुसार सहकारीमा करीव १ हजार ८ सय बचतकर्ताहरुबाट संकलन भएको २ करोड २१ लाख तिर्नुपर्ने रकम छ भने ३ करोड ५५ लाख रुपैया लगानी भएको छ।हामीले अधिकतम ४० लाख रुपैया सम्म लगानी गरेका छौं केही लगानी गरेका ऋणीहरुको भाखा नाघेको छ त्यो रकम उठदा भुक्तानी दिन समस्या पर्दैन अर्यालले भने।

प्रकाशित : १ जेष्ठ २०८०, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६