खोज–अनुसन्धान

अनेरास्ववियु बन्यो बिरामीको सहारा : रचनात्मक कामका साथ स्थापना दिवस




कपिलवस्तु २ जेठ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) जिल्ला कमिटी कपिलवस्तुले संगठनको स्थापना दिवस विरामीहरुको साहारा बनी मनाएको छ । अनेरास्ववियु कपिलवस्तुले ५९ औं स्थापना दिवसको अवसरमा युनाईटेड अस्पतालमा उपचाररत विरामीहरुलाई फलफुल वितरण गरि मनाएको जिल्ला कमिटी अध्यक्ष अन्जित खनालले जानकारी दिनुभयो । अस्पतालमा शुभकामना आदान प्रदान गरि विरामीहरुलाई फलफुल प्रदान गरि भव्य रुपमा स्थापना दिवस मनाईएको अध्यक्ष खनालले बताउनुभयो ।जसका कारण उपचाररत विरामीहरुले खुसी व्यक्त गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि नेकपा (एमाले) कपिलवस्तुका अध्यक्ष डम्मर शर्माले स्थापना दिवसमा विरामीको घाउमा मलम लगाउनु निकै उदाहरणि कार्य भएको बताउदै आगामी दिनमा पनि यस्तै सृजनशिल कार्य गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले पार्टीको लागि सबै भन्दा सुरुवाती राजनीति गर्ने संगठन अनेरास्ववियु भएकोले यस संगठनले उत्कृष्ट काम गर्ने विश्वास व्यक्त गर्नुभयो ।त्यस्तै अनेरास्ववियु स्थायी कमिटी सदस्य लेखनाथ खनालले जिल्ला कमिटीले गरेको प्रसंशनीय कार्य प्रति धन्यवाद व्यक्त गर्दै स्थापना दिवसको अवसरमा शुभकामना व्यक्त गर्नुभयो ।
अनेरास्ववियु जिल्ला अध्यक्ष अन्जित खनालले स्थापना दिवसको अवसरमा आयोजित विरामीहरुलाई फलफुल वितरण कार्यक्रम सफल पार्नका लागि सहयोग गर्ने सम्पुर्णमा धन्यवाद व्यक्त गर्दै शुभकामना व्यक्त गर्नुभयो । उहाँले अनेरास्ववियु जिल्ला कमिटीले पार्टीसंग आवश्यक समन्वय गर्दै विद्यार्थीहरुलाई एकिकृत र संगठित बनाउन तर्फ जोड दिईरहेको बताउनुभयो ।अनेरास्ववियु जिल्ला अध्यक्ष खनालको अध्यक्षता, पार्टीका जिल्ला कमिटी सचिवालय सदस्य तथा क्षेत्र नं. १ सह संयोजक विश्व कार्की, अनेरास्ववियु स्थायी कमिटी सदस्य लेखनाथ खनालको आतिथ्यता, जिल्ला कमिटी सदस्य दिनेश चौधरी, मधुसुदन भुसाल, पशुपति गिरी, स्ववियु सह सचिव अस्मिता खनाल, सिद्धार्थ क्याम्पसका स्ववियु सदस्यहरु सावित्रा पाण्डे, अर्चना आचार्य लगायतको उपस्थिती रहेको थियो ।

प्रकाशित : २ जेष्ठ २०८०, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६