अर्थ-वाणिज्य

लुम्बिनीमा अनौठो संयोग : मुख्यमन्त्री र अर्थमन्त्री दुबै एकै जिल्लाका




दाङ २ जेठ । लुम्बिनी प्रदेशका विना विभागीय मन्त्री धनबहादुर मास्कीले अर्थमन्त्रीको जिम्मेवारी पाएका छन् ।मुख्यमन्त्री डिल्ली चौधरीले सोमबार मास्कीलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिएका हुन् । योसंगै लुम्बिनीमा अनौठो संयोग देखा परेकोछ । मुख्यमन्त्री र अर्थमन्त्री दुबै दाङ जिल्लावाट परेका छन् । यता अन्य दुई जना विना विभागिय मन्त्रीहरुको भने जिम्मेवारी तोकिएको छैन ।

नागरिक उन्मुक्तिका धर्मबहादुर चौधरी र लोसपाका सन्तोषकुमार पान्डेलाइ मन्त्रालयको जिम्मेवारी तोकिएको छैन ।सम्भवत आज नै दुई जना मन्त्रीलाई जिम्मेवारी दिने तयारी गरेको सरकारका प्रवक्ता सन्तोषकुमार पाण्डेले बताए ।श्रोतका अनुसार नागरिक उन्मुक्तिका धर्मबहादुर चौधरी भौतिक पूर्वाधार मन्त्रालय र लोसपाका सन्तोषकुमार पाण्डेलाइ सहरी विकास मन्त्रालयको जिम्मेवारी दिने तयारी गरिएको छ ।लुम्बिनीमा मुख्यमन्त्री डिल्ली चौधरीले बैशाख १५ गते शपथग्रहण गर्दै चार सदस्यीय मन्त्रीमण्डल विस्तार गरेका थिए ।

प्रकाशित : २ जेष्ठ २०८०, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६