अर्थ-वाणिज्य

भूपू सैनिक उपभोक्ता समितिद्वारा निति कार्यक्रममाथि छलफल




कपिलवस्तु २ जेठ ।वाणगंगा र गजेहडा भु.पु. सैनिक खानेपानी तथा सरसफाई उपभोक्ता समितिको वैठक वडा नं १ अवस्थित आफ्नै कार्यालय भवन उप्टहवामा बसेको छ । समितिका सल्लाहकार , पदाधिकारी , सदस्य , पानी सुरक्षा समिति , अनुगमन समिति लगायतको उपस्थितीमा संस्थाले गरेको कामको प्रगति र आगामी योजनाका बारेमा छलफल गरिएको थियो । वाणगंगामा नागरिकलाई शुद्ध पानी विस्तारका लागि प्रदेश र संघमा वजेट माग गर्ने , समितिमा आएका धारा जडानका निवेदनहरुलाई कार्यविधि बनाएर अगाडि बढाउने निर्णय भएको छ । साथै नगरपालिका र वडाका जनप्रतिनिधि , उपभोक्तालाई राखेर पुर्ण सरसफाई , शुद्धपिउने पानी लगायतमा विषयमा जानकारी मुलक छलफल , तालिम चलाउने निर्णय भएको छ । साथै समितिको कार्यक्षेत्र भित्र शिक्षा , स्वास्थ्य सँग पनि सहकार्य गरि सन्देश मुलक कार्यक्रमहरु गरिने समितिका अध्यक्ष राजेन्द्र विक्रम शाहले बताउनु भयो । अध्यक्ष शाहले समितिले शुद्ध पानीका लागि औषधी राखेकोले उक्त पानी तामाको भाडामा राखेर नपिउन सबै उपभोक्तालाई आग्रह गर्नु भएको छ ।


नगरको वडा नं ३ का नागरिकलाई शुद्ध खानेपानी पुर्याउने योजना अगाडि सारिएको समितिका सचिव कृष्ण वहादुर शाहिले बताउनु भयो । कार्यक्रममा समितिका उपाध्यक्ष झलक वहादुर मल्ल , सल्लाहकारहरु विष्णु न्यापने , डोलकराम घिमिरे , सुर्य कुमारी शाहि , देवी पाण्डे , कृष्ण प्रसाद भट्राई , वालकुमारी पन्त लगायतले महत्वपुर्ण सुझाव राख्नु भएको थियो । संस्था२०६२ सालमा स्थापना भई पाइपलाइन विस्तार गरि कार्यालयले सेवा शुरु गरेको थियो । लुम्बिनी प्रदेशकै गौरवको आयोजनाको रुपमा रहेको पानी परिक्षण प्रयोगशाला भवन समेत बनिसकेको छ ।
तस्विर ः

प्रकाशित : २ जेष्ठ २०८०, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६