खोज–अनुसन्धान

मदन भण्डारीको मार्गदर्शनमा एकल बहुमतको सरकार: अध्यक्ष शर्मा




सीता बेल्बासे
कपिलवस्तु ३ जेठ।मदन भण्डारी र जीवराज आश्रित जनताको मनमा अहिले पनि जिवितै रहेको नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सचिवालय सदस्य तथा जिल्ला अध्यक्ष डम्वर शर्माले बताउनु भएको छ ।‘जनताको बहुदलीय जनवाद’ सिद्धान्तका प्रतिपादक जननेता मदन भण्डारी र जिवराज आश्रित अझै पनि जनताको मनमा जिवितै हरेको बताउनुभएको हो । ३०औँ मदनआश्रित स्मृति दिवसको अबसरमा वुधवार अखिल नेपाल महिला संघ कपिलबस्तुले ४ नं जितपुरमा आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष शमाले यस्तो बताउनु भएको हो ।

जननेता भण्डारी र नेता आश्रितको तस्वीरमा माल्यार्पण गर्दै उहाँले देखाएको बाटोमा लाग्नु पर्ने बताउनु भयो । कार्यक्रममा प्रदेश कमिटि सचिवालय सदस्य एवं पुर्व जिल्ला अध्यक्ष झविलाल पोख्रेलले कम्युनिस्ट मान्यता स्थापित गराउने नेतालाई सम्झना गर्ने दिनको रुपमा पनि आजको दिनलाई लिइने बताउनु भयो ।कार्यक्रममा पाटीका नेताहरु शारदा शर्मा ,चक्रपाणि अर्याल, धर्म भुषाल , शान्तिदेवी चमार , मित्रलाल शर्मा , शुसिला दर्लामी , भेषराज पाण्डे , रिता कुमारी चौधरी , युवराज पोख्रेल लगायतले जननेता मदन भण्डारी र जीवराज आश्रितको ३०औँ स्मृति दिवसको दिवंगत नेताहरुको सम्झना गदै परम्परागत कम्युनिस्ट मान्यतालाई चिर्दै नेपालको कम्युनिस्ट आन्दोलनलाई जनताको बहुदलीय जनवाद मार्फत लोकतान्त्रिक मार्गमा लैजान भण्डारीले महत्वपूर्ण भूमिका खेलेका बताउनु भयो ।

तत्कालीन एमालेका महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २०५० साल जेठ ३ गते अर्थात आजकै दिन चितवनको दासढुंगामा भएको रहस्यमय जीप दुर्घटनामा निधन भएको थियो ।हरेक वर्ष जेठ ३ गते एमालेले विभिन्न कार्यक्रम गरी मदन–आश्रित स्मृति दिवस मनाउँदै आएको छ । संघका कार्यवाहक अध्यक्ष शान्ता पाण्डेको अध्यक्षता , सचिव धनु अधिकारीको सञ्चालन र सदस्य गंगा भट्राईको स्वागतमा कार्यक्रम भएको हो ।

प्रकाशित : ३ जेष्ठ २०८०, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६