अर्थ-वाणिज्य

बजार अनुगमन गर्दा दण्ड जरिवाना बापत उठ्यो १३ लाख राजश्व




देउखुरी ५ जेठ । दाङको राप्ती गाउँपालिकाले बजार अनुगमनलाई तीब्र बनाएको छ । व्यापारीहरुलाई करको दायरामा ल्याउन बजार अनुगमनलाई तीब्र बनाएको हो । गाउँपालिकाले जेठ १ गते देखि सुरु गरेको बजार अनुगमनको बिहिवार चौथो दिन भालुवाङ पुल्चोक बजार अनुगमन गरिएको छ ।विशेष गरि पसलहरु गाउँपालिकामा दर्ता भए नभएको, नवीकरण गरे नगरेको, मुल्य सुची राखे नराखेको, म्याद नाघेको छ वा छैन, होडिङ बोर्ड राखे नराखेको लगायतका विषयमा अनुगमन भइरहेको राप्ती गाउँपालिका आर्थिक विकास शाखाका प्रमुख जीवराज पौडेलले जानकारी दिएका छन् ।
चौथो दिन कुल ५० वटा पसलको अनुगमन गर्दा केहि पसलबाट म्याद नाघेको सामान र १ वटा औषधी पसलबाट ६ हजार बराबरको विभिन्न नामका म्याद नाघेका औषधी बरामद गरेको शाखा प्रमुख पौडेलले जानकारी दिएका छन् । यस्तै अनुगमनका क्रममा नयाँ पसल दर्ता र नविकरणबाट चौथो दिन मात्र १ लाख ८ हजार ५ सय रूपैयाँ राजश्व संकलन गर्न सफल भएको राप्ती गाउँपालिका राजश्व इकाईकी कर्मचारी सुनिता बस्नेतले जानकारी दिएकी छिन् । चार दिनको अवधीमा राप्ती गाउँपालिकाले नयाँ पसल दर्ता र नवीकरणबाट कुल १२ लाख ६३ हजार ५ सय रुपैयाँ राजश्व संकलन गरेको राजश्व इकाईकी कर्मचारी बस्नेतले जानकारी दिएकी छिन् ।
अनुगमनमा राप्ती गाउँपालिका आर्थिक विकास शाखा प्रमुख जिवराज पौडेल, राजश्व इकाईकी सुनिता बस्नेत, भुमि शाखाका नारायण न्यौपाने, इलाका प्रहरी कार्यालय भालुवाङका हवल्दार दानबहादुर महतरा, राप्ती उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष बाबुराम थापा र देउखुरी टुडे डटकमका कार्यकारी सम्पादक ओमप्रकाश गुप्ता रहेका थिए ।

प्रकाशित : ५ जेष्ठ २०८०, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६