ब्रेकिंग न्युज

कपिलवस्तु बहुमुखि क्याम्पसका स्ववियु अध्यक्ष माथि क्याम्पस प्रमुख डा. पाण्डेबाट दुर्ब्यवहार



कपिलवस्तु ५ जेठ ।अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन कपिलवस्तु जिल्ला कमिटी एक्सनमा उत्रिएको छ । कपिलवस्तु बहुमुखि क्याम्पसका स्ववियु अध्यक्ष माथि क्याम्पस प्रशासनबाट दुव्र्यवहार भएको भन्दै पब्लिक क्याम्पस सघं लुम्बिनी प्रदेश अध्यक्ष कुष्ण प्रसाद खनाललाइ आज ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्रमा उठाइएको मागलाइ बेवास्ता गरेको खण्डमा कडा संघष तथा कडा आन्दोलनको स्वरुपमा अगाडी बढ्ने अनेरास्ववियु जिल्ला कमिटी अध्यक्ष अन्जित खनालले बताएका छन ।

कपिलवस्तु जिल्ला तौलिहवा स्थित कपिलवस्तु बहुमुखि क्याम्पसमा मिति २०८०/०२/०३ गते विहानाको समयमा स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष राजेश कुमार अग्रहरी कामकाजको शिलशिलामा प्रशासन फाँटमा गएपछि क्याम्पस प्रमुख डा. बिनय कुमार पाण्डेयले अपशब्द प्रयोग गरि प्रशासन फाँटबाट निकल्नुभएको थियो ।

साथै प्राध्यापकले समेत अपमान जनक भाषाको प्रयोग गर्नु भएको र गालीगलोज समेत गरेको हुदा उक्त घटना प्रति अनेरास्ववियु कपिलवस्तु जिल्ला कमिटीको ध्यानाअकर्षण भएको जिल्ला अध्यक्ष खनालद्धारा हस्ताक्षरीत ज्ञापनपत्रमा उल्लेख गरीएको छ । उक्त र्दुव्यवहारको घोर निन्दा र भर्तसना गर्दै सम्बन्धित निकायद्वारा निजमाथि तुरन्त छानविन गरी अवश्यक कारवाही र यथासिघ्र क्याम्पस संचालन गर्न ज्ञापनपत्रमा माग गरीएको छ ।

प्रकाशित : ५ जेष्ठ २०८०, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६