खोज–अनुसन्धान

नागरिक उन्मुक्तिले आह्वान गरेको नेपाल बन्द स्थगित




कैलाली ५ जेठ । नागरिक उन्मुक्ति पार्टीले आह्वान गरेको नेपाल बन्द स्थगित गरेको छ । एक प्रेस विज्ञप्ति जारी गर्दै ६ गतेदेखि १० गतेसम्म तय गरिएको नेपाल बन्द घोषणा कार्यक्रम स्थगित गरेको जनाएको छ ।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदमा लाल आयोगको प्रतिवेदन सार्वजनिक गरिने, फौजदारी विधेयक संसदमा टेबल भइसकेको जानकारी दिएको भन्दै नेपाल बन्द घोषणा फिर्ता लिइएको वरिष्ठ उपाध्यक्ष दामोदर पण्डितले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, ‘सरकार पक्षबाट सम्माननीय प्रधानमन्त्री ज्यूले सदनमै ‘लाल आयोग’ प्रतिवेदन सार्वजनिक गरिने फौजदारी विधेयक संसदमा टेबुल भइसकेकोलगायत अन्य राजबन्दीको रिहाइ कानुन संशोधन गरेर भए पनि निकाल्ने प्रतिबद्धता सांसदमै जाहेर गर्नु भएको हुँदा सरकार पक्षसँग भएको सम्झौता सकारात्मकता भएको महसुस नागरिक उन्मुक्ति पार्टीलाई भएकाले प्रेस विज्ञप्तिमा आह्वान गरिएको नेपाल बन्द कार्यक्रम अर्को सूचना नआउँदासम्म स्थगित गरिएको छ ।’

प्रकाशित : ५ जेष्ठ २०८०, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६