कपिलवस्तु ६ जेठ। नेपाल लेखापढी कानुन ब्यवसायी एशोसिएशन कपिलवस्तु ईकाईको ९ औ अधिबेशनबाट पुनः बिष्णु प्रसाद मौर्य अध्यक्षमा निर्वाचित भएका छन । उनी तेश्रो कार्यकालकालागि अध्यक्षा निर्वाचित भएका हुन । उनी ५६ मतका साथ अध्यक्षमा निर्वाचित भएका हुन । यस्तै उपाध्यक्षमा सुनिल कुमार पाण्डेय ४७ मतका साथ बिजयी भएका हुन । कोषाध्यक्षमा सदन कुमार चौधरी ६८ मतकासाथ बिजयी भएको निर्वाचन संयोजक कृष्ण कुमार केसीले बताए ।
समितिको सचिवमा राजेश प्रसाद गुप्ता, सह सचिवमा सुनिल कुमार यादव, सह कोषाध्यक्षमा पशुपति ग्प्ता निर्बिरोध निर्वाचित भएका छन । यस्तै समितिका सदस्यहरुका रामबृक्ष केवट, रबिन्द्र गुप्ता, केशव खनाल, छबिलाल पुरी, सबित्रा शर्मा, सबनम चौधरी र हरिाम पासवान समेत निर्बिरोध भएका छन ।
प्रतिक्रिया