अन्तर्राष्ट्रिय

लुम्बिनी प्रदेशका हरि बहादुरले बनाए विश्वमा नया किर्तिमान




कपिलवस्तु ६ जेठ । लुम्बिनी प्रदेशका २ वटै खुटटा गुमाएका हरि बहादुर बुढाले सगरमाथा आरोरण गरेर विश्वमा नया किर्तिमान कायम गरेका छन् ।घुँडा माथि सम्म दुवै खुट्टा गुमाएका पूर्वी रोल्पाका हरिबहादुर बुढा मगरले सगरमाथा आरोहण गरेका छन् । मगरले कृत्रिम खुट्टाको सहयोगमा हिजो दिउँसो सगरमाथा आरोहण गर्नुभएको पर्यटन विभागले जनाएको छ । सन् १९९९ मा ब्रिटिश गोर्खा सेनामा भर्ती भएका मगरले अफगानिस्तानको लडाइँमा सन् २०१० मा तालिबानको एम्बुसमा परेर आफ्नाु दुवै खुट्टा घुँडाभन्दा माथिबाट गुमाएका थिए । यसअघि दुवै खुट्टा गुमाएका दुई जनाले सगरमाथा आरोहण गरेका थिए । यस वर्षको वसन्त ऋतुमा साढे चार सय जनाभन्दा धेरैले सगरमाथा आरोहण गरिसकेका पर्यटन विभागका निर्देशक युवराज खतिवडाले जानकारी दिए ।
वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि यस वर्ष चार सय ७८ जनाले अनुमति लिएका छन् । अनुमति लिएका आरोहीहरुले कम्तीमा एक जना आरोहण सहयोगी लैजाने भएकाले आरोहण गर्न जानेको सङ्ख्या अनुमति लिनेको दोब्बरभन्दा धेरै हुन्छ । यसैबीच यस वर्ष सगरमाथा आरोहणका क्रममा ११ जनाले ज्यान गुमाइसकेका छन् । अहिलेसम्म ११ जनाको शव उद्धार भइसकेको र दुई जना हराइरहेका पर्यटन विभागका निर्देशक एवम् पर्वतारोहण शाखा प्रमुख युवराज खतिवडाले जानकारी दिए । यस वर्ष अघिल्लो शनिवारदेखि सगरमाथाको आरोहण सुरु भएको हो । सामान्यतया सगरमाथा आरोहणका लागि मे २९ सम्मको समय अनुकूल हुन्छ ।

प्रकाशित : ७ जेष्ठ २०८०, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६