देश

नक्कली भुटानी शरणार्थी प्रकरणमा ३२ जना अभियुक्त, ४ वटा अपराधमा मुद्दा चलाउन सिफारिस गर्ने तयारी



काठमाडौं, ०७ जेठ । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने खोजिएको घटनामा प्रहरीले ३२ जनालाई अभियुक्त बनाएको छ ।

उनीहरुमाथि ४ वटा अपराधमा मुद्दा चलाउन सिफारिस गर्दै सकेसम्म आजै सरकारी वकिलको कार्यालयलाई अनुसन्धान प्रतिवेदन बुझाउने तयारी रहेको छ ।

यस घटनामा पहिलो पक्राउ गरिएको आज ५७ औं दिन हो । सरकारी वकिल कार्यालयले ६० औं दिन अर्थात् बुधबारसम्ममा अदालतमा अभियोगपत्र दायर गरिसक्नुपर्ने हुन्छ । त्यसैले प्रहरी अधिकारीहरुले हिजो रातिसम्म बसेर प्रतिवेदनलाई अन्तिमरुप दिन लागिपरेका छन् ।

यस प्रकरणमा अहिलेसम्म १६ जना पक्राउ परेका छन् भने थप १६ जनालाई प्रहरीले फरार सूचीमा राखेको छ । फरार भएकामध्ये पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतिक र उनका सुरक्षा सल्लाहकार इन्द्रजित राईका छोरा निरजबाहेक अरु लो प्रोफाइलका हुन् ।

प्रहरी स्रोतका अनुसार शरणार्थी प्रकरणमा २२ वटा जाहेरी परेका थिए । १०६ जनाले आफूहरुलाई पीडितका रुपमा प्रस्तुत गरेका छन् ।

प्रहरीले आरोपिहरुमाथि चारवटा अभियोगमा मुद्दा चलाउन सिफारिस गरेको छ । उनीहरुलाई ठगी, सरकारी कागजात किर्ते, संगठित अपराध र राज्यविरुद्धको अपराधमा मुद्दा चलाउन सिफारिस गरिएको हो । तत्कालीन समयमा सार्वजनिक पद धारण गरेकाहरुको हकमा अख्तियारलाई पत्र लेख्ने तयारी छ ।

अन्यको हकमा सम्पत्ति सुद्धिकरण विभागलाई पत्राचार गरिनेछ ।

प्रकाशित : ७ जेष्ठ २०८०, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६