खोज–अनुसन्धान

गाउपालिका र ब्यवस्थापन समितीका छुटटा छुटटै प्र.अ.: गेटमा ताला लगाएर विधार्थीको धर्ना




दाङ ७ जेठ । दाङको दङ्गीशरण गाउँपालिका– ६ स्थित सिद्ध पृथ्वी माध्यामिक विद्यालयमा गाउपालिका र ब्यवस्थापन समितीका छुटटा छुटटै प्र.अ. भएपछि पोशाक र पुस्तक सहित गेटमा ताला लगाएर विधार्थीको धना दिदै आएका छन् र्। प्रधानाध्यापक विवादले पठनपाठन नै रोकिएको छ । सोही विद्यालयमा अहिले दुई प्रधानाध्यापक तोकिएपछि केही दिनदेखि विवाद भइरहेको छ । अहिले विद्यार्थी विद्यालय पोसाक, किताब, कापीसहित विद्यालयको गेटमा ताला लगाएर धर्ना गरिरहेका छन् । “सरहरुको आफ्नो विवाद छ, त्यसले गर्दा हाम्रो पढाइ रोकिएको छ, हामीलाई नै पढाउनुभएको छैन”, विद्यार्थी सुनिल केसीले भने, “त्यसैले हामीले तालाबन्दी गरेका हौँ ।”
दुई प्रधानाध्यापकको विवाद नटुङ्गिएसम्म तालाबन्दी नखोल्ने उनीहरुको भनाइ छ । विद्यालय व्यवस्थापन समितिले एक जना प्रधानाध्यापक तोकेको छ, भने गाउँपालिकाले अर्को प्रधानाध्यापक पठाएको छ । गत माघ १३ गते विद्यालय व्यवस्थापन समितिको बैठकले तत्कालीन सहायक प्रधानाध्यापक चन्द्रलाल जैसीलाई निमित्त प्रअ तोक्ने निर्णय गरेको थियो । तत्कालीन प्रधानाध्यापक हर्कबहादुर बुढाथोकीले राजीनामा दिएपछि जैसीलाई प्रअ तोकेपछि यो विषय विवादमा आएको हो । “यस अघिका प्रअ बुढाथोकीले स्वास्थ्यका कारण राजीनामा दिनुभयो”, जैसीले भने, “त्यसपछि तत्कालीन अवस्थाको सहायक प्रधानाध्यापक रहेको नाताले मलाई निमित्त प्रअका रुपमा विद्यालय व्यवस्थापन समितिले निर्णय गरेको हो ।”
त्यसपछि विद्यालयका पुराना शिक्षक बाबुराम अधिकारीले राजीनामा दिए । उनको राजीनामा विद्यालय व्यवस्थापन समितिले पनि सदर गरी जिल्ला शिक्षा विकास तथा समन्वय एकाइमा पठाइसकेको थियो । एकाइले उनको राजीनामा स्वीकृति गरेन र त्यसपछि उनी प्रधानाध्यापकमै दाबी गरेर विद्यालयमा आए । सोही अनुसार गाउँपालिकाको शिक्षा शाखाले पनि निवेदन दिन भनेपछि उनले पालिकामा निवेदन दिनुभयो र पालिकाले वरिष्ठ शिक्षकका रुपमा उनलाई प्रधानाध्यापक बनाएर पठायो ।
जैसीलाई व्यवस्थापन समितिले र अधिकारीलाई पालिकाले प्रअ बनाएपछि त्यो विवाद उत्पन्न भएको हो । पालिकाले ११ वैशाखमा अधिकारीलाई प्रअको पत्र थमाएपछि उनी १२ वैशाखमा विद्यालय गए । सोही दिन बसेको विद्यालय व्यवस्थापन समिति बैठकले अधिकारीलाई प्रअका रुपमा नस्वीकार्ने निर्णय गर्यो । त्यसयता नियमित जसो विवाद भएपछि विद्यार्थीको पठनपाठन पनि ठप्प छ । “मलाई पालिकाले नै प्रअका रुपमा पठायो”, अधिकारीले भने, “विद्यालय व्यवस्थापन समितिले मभन्दा कनिष्ट शिक्षक, जो बरियतामा चौँथो नम्बरमा हुनुहुन्थ्यो, उहाँलाई निमित्त प्रअको जिम्मा दिएको थियो ।”

प्रकाशित : ७ जेष्ठ २०८०, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६