अर्थ-वाणिज्य

साइन सहकारीद्धारा बचत कर्ताको ५ करोड ठगी : सुप्रिम पनि भाग्दै




कपिलवस्तु ७ जेठ । बुटवलमा टाट पल्टेर भागेपछि कपिलवस्तुमा आएर संचालन भएको सहकारीले ५ सय बचत कर्ताको कम्तीमा ५ करोड झ्वाम पारेकोछ । बुटवल प्रधान कार्यालय रहेको शाईन बहुउद्देश्यीय सहकारी संस्था लि. चारनम्बर जीतपुर शाखाका सञ्चालक बचकर्ताको रकम फिर्ता नगरेपछि सहकारी पीडितले ईलाका प्रहरी कार्यालय पिपरामा गुहारेका छन् । सहकारीले बचतकर्ताको पैसा फिर्ता नगरेकको भन्दै पीडितहरु ईलाका प्रहरी कार्यालय पिपरामा पुगेका हुन् ।
सानोसानो रकम जोहो गरेर जम्मा गरेको रकम फिर्ता नभएपछि पिडितहरु आक्रोशित भएका छन् । सहकारीका बचतकर्ताको रकम फिर्ता नगरी सहकारीका अध्यक्ष प्रकाश खनाल काठमाडौं छन् भने चारनम्बर जीतपुर शाखाका म्यानेजर प्रदिप खनाललाई बचतकर्ताहरुले प्रहरीको जिम्मा लगाएका छन् । सहकारीमा राखेको पैसा पटकपटक निकाल्न जाँदा पनि खातामा पैसा नभएको भनेपछि शंका उब्जिएको थियो । बचतकर्ताहरु सामूहिक रुपमा सहकारीमा गएर बुझ्दाँ बचत गरेको पैसा नै नभएको थाहा पाएपछि उनीहरुले सहकारीका म्यानेजरसंगै कर्मचारीलाई प्रहरीको जिम्मा लगाएका हुन् ।

उक्त सहकारीले बाणगंगा क्षेत्रका करिब ५ सय बचतकर्ताको करिब ५ करोड रकम लिएर फरार रहेको बतईएको छ । आफुहरुको बचत फिर्ता नगर्दासम्म सहकारीका म्यानेजर, कर्मचारीलाई थुनामा राख्ने र थप आन्दोलन चर्काउने बचतकर्ताले चेतावनी दिएका छन् । यस सहकारीको चारनम्बर शाखा खुलेको करिब १ बर्ष भन्दा बढी भएको बताईएको छ । यस विषयमा पिडीत, नगरपालिका र प्रहरीले सोमबार थप छलफल गरी टुंगो लगाउने इलाका प्रकार्यालय पिपराले जनाएको छ । यता बुटवलमा टाट पल्टेर बाणगंगामा आएको सुप्रिम सहकारी पनि ठूलो रकम उठाएर संचालक फरार भएको भन्दै आजवाट बचत कर्ताले सहकारी घेराउ गरेका छन्

प्रकाशित : ८ जेष्ठ २०८०, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६