लुम्बिनी

लुम्बिनीको मुख्य न्यायाधिवक्तामा थापालाई नियुक्त

यसअघि पूर्वमुख्यमन्त्री लीला गिरीले नियुक्त गरेका खुमकान्त पौडेलले मुख्य न्यायाधिवक्ताको पदबाट राजीनामा दिएपछि चौधरीले थापालाई नियुक्त गर्नुभएको हो ।



जेष्ठ ८, रूपन्देही — लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले मुख्य न्यायाधिवक्तामा बुद्धबहादुर थापालाई नियुक्त गर्नुभएको छ। यसअघि पूर्वमुख्यमन्त्री लीला गिरीले नियुक्त गरेका खुमकान्त पौडेलले मुख्य न्यायाधिवक्ताको पदबाट राजीनामा दिएपछि चौधरीले थापालाई नियुक्त गर्नुभएको हो ।

वरिष्ठ अधिवक्तासमेत रहेका कांग्रेस क्षेत्रीय प्रतिनिधि थापा बुटवल उपमहानगरपालिका ९ निवासी हुनुहुन्छ । उहा नेपाल प्राध्यापक संघका पूर्व केन्द्रीय अध्यक्ष पनि हुनुहुन्छ । उहाले बुटवल बहुमुखी क्याम्पसमा लामो समय राजनीतिशास्त्र अध्यापन गराउनुभएको थियो ।

राजनीतिशास्त्रमा विद्यावारिधि गर्नुभएका थापाले कानुनमा स्नातक गरर्नुभएको छ। थापा पार्टी संस्थापननिकट समेत हुनुुहुन्छ । उहा कांग्रेस नेता बालकृष्ण खाँणको सिफारिसमा मुख्यन्यायधिवक्ता नियुक्त भएको स्रोतले बताएको छ । थापालाई सोमबार नै शपथ ग्रहण गराउने तयारी छ ।

प्रकाशित : ८ जेष्ठ २०८०, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६