देश

असोज २ गते राष्ट्रिय शिक्षा दिवस मनाउने सरकारको निर्णय



काठमाण्डौ, ०९ जेठ । सरकारले असोज २ गते राष्ट्रिय शिक्षा दिवस मनाउने निर्णय गरेको छ । आज मङ्गलबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रत्येक वर्षको असोज २ गते राष्ट्रिय शिक्षा दिवस मनाउने निर्णय गरेको सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार मन्त्रालयको प्रस्तावमा बैठकले यस्तो निर्णय गरेको हो ।

यसैगरी बैठकमा अर्थ मन्त्रालयको प्रस्तावमा शिक्षा क्षेत्र रूपान्तरण कार्यक्रमका लागि विश्व बैङ्कबाट प्राप्त हुने एक सय २० मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण सहायता स्वीकृत गर्ने निर्णय भएको प्रवक्ता शर्माले बताउनुभयो ।

प्रकाशित : ९ जेष्ठ २०८०, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६