खोज–अनुसन्धान

कपिलवस्तुमा धमाधम भारतीय रुपैया बरामद साढे ९ लाख भारतीय रुपैया सहीत ३ पक्राउ




कपिलवस्तु ९ जेठ।केही महिना यता भारतीय रुपैया कमजोर भईरहेको बेला कपिलवस्तुमा भने धमाधम भारतीय रुपैया बरामद हुन थालेको छ । पछिल्लो दुई दिन मात्र दुई स्थानमा गरी कपिलवस्तुमा साढे ९ लाख रुपैया भारु सहीत ३ जना पक्राउ परेका छन । कपिलवस्तुको कृष्णगनर नगरपालिका स्थित लिंक गेट अघि पाल्पा घर भएकी ४० बर्षिय राधा सारुसाढे ४ लाख भारतीय नोट सहीत सोमवार दिउसो पक्राउ परेकी छिन ।
उता जेठ ६ गते कृष्णनगर नगरपालिका.९ का ३५ बर्षिय मनोज गुप्ता र पछाडी सवार कृष्णनगर नगरपालिका.३ का ४४ बर्षिय सोम नाथ चौहान तौलिहवा स्थित बहादुरगंज जाने चोकमा ४ लाख ९९ हजार ५ सय भारतीय रुपैया सहीत पक्राउ परेको नायब उपरिक्षक मिनबहादुर घलेले जानकारी दिनुभयो । पक्राउ परेका दुबै जनालाई राजस्व अनुसंधान कार्यालय बुटवल पठाइएको थियो ।

प्रकाशित : ९ जेष्ठ २०८०, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६