समाचार

सुपरमार्केटको काममा स्वीजरल्याण्ड पठाइदिन्छु भन्दै सात लाख ठगी गर्ने पक्राउ



जेठ १०, काठमाण्डौ – वैदेशिक रोजगारीमा स्वीजरल्याण्ड पठाइदिन्छु भन्दै रकम लिएर फरार भएका एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काभ्रेको बनेपा नगरपालिका ४ की पार्वती थापाले तुलाराम तारम मगरलाई वैदेशिक रोजगारीको लागि स्वीजरल्याण्ड पठाइदिने भन्दै पटक पटक गरी सात लाख २० हजार लिएर ठगी गरेको आरोपमा पक्राउ गरेको हो ।उनले स्वीजरल्याण्ड जान सात लाख २० हजार रुपैयाँ लाग्छ र उता पुगेपछि सुपरमार्केटको काममा महिनाको एक लाख रुपैयाँ तलब हुन्छ भनी प्रलोभन देखाएकी थिइन ।

तर रकम लिएर फरार भएपछि तुलारामले वैदेशिक रोजगार विभाग काठमाण्डौमा उजुरी दिनुभएको थियो । उजुरीपछि विभागले पार्वतीको खोजी गरी पक्राउ गरिदिन भन्दै प्रहरीलाई पत्राचार गरेको र विभागको पत्र अनुसार नै पक्राउ गरी थप अनुसन्धान र कारबाहीका लागि विभागमा बुझाएको काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

प्रकाशित : १० जेष्ठ २०८०, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६