अर्थ-वाणिज्य

उखु किसानलाई न्याय दिन सांसद घिमिरेको माग




कपिलवस्तु ११ जेठ ।राष्ट्रिय सभा सांसद बिमला घिमिरेले कपिलवस्तु जिल्लाका ३१ जना उखु कृषकहरु माईतिघर अगाडि १ हप्ता सम्म धर्नामा बस्दा समेत सरकारले उचित सम्बोधन गर्न नसकेको भन्दै सरकारलाई ध्यानाकर्षण गराउनुभएको छ । राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद घिमिरेले कपिलवस्तुको महालक्ष्मी सुगर मिलका सञ्चालक विरेन्द्र कनौडियाले २०७१/७२ सालमा सरकारले किसानका लागि दिएको अनुदान रकम करिव २ करोड ५० लाख रकम किसानले पाउनु पर्ने वताउनु भयो ।
उहाले मिलले भुक्तानी गर्नुपर्ने रकम ८ करोड आहिले सम्म भुक्तानी नदिएको भन्दै कृषकहरु धर्नामा बसेकोले कृषकहरुको माग तत्काल सम्बोधन गर्नका लागि नेपाल सरकार र कृषि मन्त्रीको ध्यानाकर्षण गराउनुभएको हो । सांसद घिमिरेले तत्काल मिल सञ्चालकलाई बोलाई कृषकको माग सम्बोधन गर्न आग्रह गर्नुभएको छ । नेकपा (एमाले) पार्टी पोलिटब्युरो सदस्य समेत रहनुभएका सांसद घिमिरेले कृषकहरुको मागलाई सरकारले वेवास्ता गर्नु लज्जास्पद रहेको बताउनुभएको हो ।

प्रकाशित : ११ जेष्ठ २०८०, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६