खोज–अनुसन्धान

गणतन्त्र दिवस भब्य पार्न जिससले बनायो यस्तो योजना




कपिलवस्तु ११ जेठ ।कपिलवस्तुमा पनि ३ दिन सम्म भब्यरुपमा गणतन्त्र दिवस मनाईने भएको छ । जिल्ला समन्वय समितिमा बिहीवार बसको सरोकारवालाको बैठमा यस्तो निर्णय गरिएको हो । समन्वय समितिका प्रमुख तथा गणतन्त्र मुल समारोह समितिका अध्यक्ष बावुराम आचार्यले जेठ १४, १५ र १६ गते ३ दिन सम्म गणतन्त्र दिवस मनाउने निर्णय गरिएको बताए । स्थानीय तहको प्रमुखको अध्यक्षतामा रहने गरी १० वटै पालिकामा समिति निर्माण गरी आवश्यकता अनुसार सरसफाई, खेलकुद, रक्तदान जस्ता कार्यक्रम संचालन गर्ने निर्णय गरिएको छ ।
गणतन्त्र दिवसमा सबै कार्यालय र घरघरमा दीप प्रज्वल गर्ने समेत निर्णय गरिएको छ । जेठ १५ गते बिहान प्रशासन चोक देखि आन्दोलन चोक हुदै बहादुरगंज जाने बाटो सम्म सरसफाई अभियान संचालन गर्ने, जेठ १४ गते प्रशासन कार्यालय अघि, भिक्षु र गौैढी चोकमा दिप प्रज्जवलन गर्ने, जेठ १५ गते तौलेश्वर नाथ संस्कुत माबिमा रहेका फरक क्षमताका बिद्यार्थीहरुलाई झोला सहीत स्टेस्नरी बितरण गर्ने कार्यक्रम रहेको छ । कार्यक्रममा शिवराज नगरपालिकाका मेयर अजय थापा, जिल्ला सुरक्षा समितिका पदाधिकारीहरु, बिभिन्न संघ संस्था र कार्यालय प्रमुखको सहभागीता थियो ।

प्रकाशित : ११ जेष्ठ २०८०, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६