देश

आन्दोलनमा पुगेका कपिलवस्तुका उखु किसानहरूको स्वास्थ्यमा समस्या




कपिलवस्तु, १२ जेठ ।
कपिलवस्तुका उखु किसान १० दिन देखि काठमाडौँको माइतीघर मण्डलामा धर्नामा छन् । लामो समय सम्म आन्दोलनमा रहँदा समेत सरकारले कुनै पनि औपचारिक वार्ताको लागि पहल गरेको छैन । २०७१ सालमा उखुमा दिने भनिएको अनुदान नपाएपछि काठमाडौँको माइतीघर मण्डलामा आएर धर्नामा बस्न बाध्य हुनुपरेको कपिलवस्तु उखु किसान सङ्घर्ष समितिका अध्यक्ष अनुप कुमार चौधरीले बताउनुभयो ।

किसानहरू सडकमै बस्दा स्वास्थ्यमा समस्या आउन थालेको चौधरीले बताउनुभयो । ‘तीन जना किसानहरूको स्वास्थ्यमा समस्या आएको छ, चौधरीले भन्नुभयो, ‘सरकारले अहिले सम्म कुनै औपचारी वार्ता गरेको छैन, ।’ उनीहरूलाई ज्वरो आउने,टाउको दुख्ने लगायतका समस्या देखा परेका छन् ।


२०७१ सालमा सरकारले उखु किसानहरूलाई प्रतिक्वीटल २५ रुपैयाँका दरले अनुदान दिने निर्णय गरेको थियो। तर, सो रकम अझसम्म पनि सरकारले नदिएपछि न्यायको खोजीमा उनीहरू काठमाडौँ आएका हुन् । अनुदानको रकम लिनका लागि जिल्ला प्रशासन कार्यालयमा दिइएको दबाब काम नलागेपछि काठमाडौँमा आएर धर्नामा बस्नुपरेको सङ्घर्ष समितिका सदस्य रामलाल कलवारले बताउनुभयो ।


आफूहरूलाई सो अनुदान नदिएसम्म धर्नाको कार्यक्रम अन्त्य नगर्ने चेतावनी समेत दिनुभयो । ‘बरु लास भएर जान्छौ तर यस पटक पैसा नलगी जाँदैनौ, कलवारले भने, ‘आज १० दिन पुग्यो माग सम्बोधन नभए हामी १ सय दिन सम्म पनि आन्दोलन गर्छौ, ।’ उनीहरूले अन्य जिल्लालाई दिइएको त्यो अनुदानको बापतको रकम आफूलाई नदिएको भन्दै १० दिनयता काठमाडौँमा धर्ना कार्यक्रमलाई निरन्तरता दिइरहेका छन् । तर, सरकारले कुनै सुनुवाइ नगरेको उनीहरूको गुनासो छ । अहिले आन्दोलनको समर्थन गर्न विभिन्न दलका प्रतिनिधिहरू सहभागी भए पनि सरकारले चासो दिएको छैन ।

प्रकाशित : १२ जेष्ठ २०८०, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६