कपिलवस्तु १३ जेठ। कपिलवस्तु नगर भित्र पहिलो सम्पदाको रुपमा निर्माणाधिन जगदिशपुर वनवाटिका क्षेत्रका कपिलवस्तु नगरका सबै जनप्रतिनिधी भेलाभई यसलाई नगरकै गहनाका रुपमा निर्माण कार्य अघि बढाउने प्रतिवद्धता जनाएका छन् । वडानं ९ का अध्यक्ष दिपक बहादुर गुरुङको संयोजनमा भएको स्थलगत निरिक्षण तथा छलफल कार्यक्रममा यस योजनालाई अवको बजेटवाट नगरको गौरवको आयोजनाका रुपमा अघि बढाउन बोल्ने बक्ताले माग गरे ।
बिश्व सिमसार क्षेत्रमा सुचीकृत कपिलवस्तु नगरपालिका वडा नम्बर ९ जगदीशपुर ताल नजिकै जगदीशपुर वन बाटिका निर्माण जारी रहेको छ । झरना सामुदायिक वन क्षेत्र भित्र वन बाटिका निर्माण थालिएको हो । जगदीशपुर सिमासार तथा चरा संरक्षित क्षेत्र तथा सगराहवा स्थित शाक्यहरुको सामुहिक बध स्थलकारुपमा रहेका लम्बु सागरको नजिकै जगदीशपुर वन बाटिका निर्माण थालिएको वडा नम्बर ९ का अध्यक्ष दिपक गुरुङले बताए ।
वन क्षेत्रको ६ हेक्टर जग्गा छ । वन बाटिका निर्माण र पर्यटन प्रबद्र्धनकालागि चालु आर्थिक बर्ष २०७९÷०८० मा वडाले साढे १८ लाख बजेट बिनियोजन गरेको छ । त्यस मध्ये वन क्षेत्र भित्र तारबारको काम सकिएको वडा सचिव बिजय पोखे्रेलले बताए । बाटिका निर्माण स्थलमा कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडेल ,उपमेयर सुनिता गुप्ता ,प्रमुख प्रसासकिय गण्ोश अर्याल सहीत सबै वडाध्यक्षको टोलीले स्थलगत निरीक्षण गरी छलफल समेत गरेको छ । मेयर पौडेलले आउने आर्थिक बर्षमा वन बाटिकालागि बजेट बिनियोजन गर्ने प्रतिबद्धता ब्यक्त गरे । उनले भने काम गर्ने वाताबरण मिलाउनोस बजेट कमी हुन दिइनेछैन । कार्यक्रममा वडाध्यक्ष रविन्द्र नाथ तिवारी ,नगर सल्लाहकार अब्दुल रसिद खाँ समाजसेवि सन्तोष गुप्ता, जगशिपुर जलायस वहुसरोकार मञ्चका अध्यक्ष ललित गुरुङ, मालपोत अधिकृत ऋषिराम पौडेल , समाजसेवि देबेन्द्र पोखरेल लगायतले बोल्दै यो बनवाटीका नगरको गौरवको आयोजना बन्नु पर्ने वताए ।
सो अवसरमा नगरपालिकाका प्रमुख प्रशाकीय अधिकृत गणेश प्रसाद अर्यालले बुद्धनगरीमा पर्यटकीय विकासकालागि निर्माण थालिएको वनबाटिकाले पर्यटन प्रबद्र्धन हुने बताए । निर्माणकालागि डिभिजन वन कार्यालय प्रदेश र संघीय सरकारसंग समेत बजेट माग गर्ने निर्णय गरिएको छ ।
१४ जेष्ठ २०८०, आइतबार








प्रतिक्रिया