देश

मन्त्री किराती भन्छन्: मैले घूस खाएको प्रमाणित गर, एक मिनेट पदमा बस्दिनँ




काठमाण्डौं, १४ जेठ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले घुस नखाँदा प्रकरणमा मुछ्न खोजिएको बताएका छन्।
पशुपतिको अचल सम्पत्तिकोरूपमा रहेको कागेश्वरी मनहरा नगरपालिकामा पर्ने जग्गाको अतिक्रमित भाग छाडेर बाँकी हालसाविक गर्न खोजिएको भन्दै प्रश्न उठिरहेको छ।

मन्त्री किरातीकै निर्देशनअनुसार हालसाविक गर्न खोजिएको भन्दै टिप्पणी हुन थालेपछि उनले घुस नखाँदा र नखुवाउँदा लाञ्छित गर्न खोजिएको बताएका हुन्।

‘मैले घुस नखाँदा र नखुवाउँदा पापीहरू बहुलाउन थाले, आखिरी म मर्दा ५ सयको कात्रो र ५ फिट जमिन चाहिएला ! प्रमाणित गर म एक मिनेट बस्दिनँ,’ उनले सामाजिक सञ्जालमार्फत भनेका छन्।

प्रकाशित : १४ जेष्ठ २०८०, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६