अर्थ-वाणिज्य

४४ वटा संस्थानमा सरकारको लगानी ६ खर्ब, १ वर्षमा ६ अर्ब रुपैयाँ नाफा



काठमाण्डाै, १४ जेठ । सरकारी स्वामित्वका संस्थानमा सरकारको लगानी छ खर्ब रुपैयाँ नाघेको छ । अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले प्रतिनिधि सभामा प्रस्तुत गरेको आर्थिक सर्वेक्षणअनुसार सरकारले ४४ वटा संस्थानमा छ खर्ब १८ अर्ब रुपैयाँ लगानी गरेको छ । ४४ वटा संस्थानमध्ये २५ वटा संस्थान नाफामा गएको पनि उहाँले जानकारी दिनुभयो ।

तर छ खर्ब रुपैयाँ लगानी र २५ वटा संस्थान नाफामा गए पनि एक वर्षमा सरकारलाई भने जम्मा एक दशमलव १६ प्रतिशत अर्थात् छ अर्ब १६ करोड रुपैयाँको हाराहारीमा मात्रै लाभांश प्राप्त भएको छ । संस्थानहरूको कुल सञ्चालन आय ३६ दशमलव दुई प्रतिशतले बढेर पाँच खर्ब ७५ अर्ब रुपैयाँ पुगेको छ ।

प्रभावकारी रूपमा सञ्चालन हुन नसकेका र सार्वजनिक क्षेत्रमा राख्न आवश्यक नभएका संस्थाको पहिचान गरी थप पुँजी प्रविधि र सक्षम व्यवस्थापनसहित निजी क्षेत्रबाट सञ्चालन हुन आवश्यक देखिएको अर्थमन्त्री महतले बताउनुभयो ।

आर्थिक सर्वेक्षण पेस गर्दै अर्थमन्त्रीले सन् २०२३ मा विश्वको अर्थतन्त्र नै समस्यमा परेकाले त्यसको असर नेपालको अर्थतन्त्रमा पनि परेको बताउनुभयो । विश्व बजारमा पेट्रोलियम पदार्थ, खाद्यान्न तथा कच्चा पदार्थको मूल्यमा भएको वृद्धिका कारण पनि समस्या देखिएको उहाँले बताउनुभयाे ।

बाह्य क्षेत्रमा सुधार भएर शोधनान्तर स्थिति बचतमा, विदेशी मुद्राको सञ्चिति बढेको, पर्यटन आवागमन बढेकोलगायत अर्थतन्त्रमा सकारात्मक सङ्केत पनि देखिन थालेको उहाँले बताउनुभयो ।

प्रकाशित : १४ जेष्ठ २०८०, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६