प्रदेश

घरभाडामा छुट दिन होटल व्यवसायीको आग्रह



रुपन्देही, १४ जेठ । यहाँका होटल ब्यवसायीले घरधनीलाई भाडामा छुट दिन आग्रह गरेका छन् । आईतवार बुटवलमा पत्रकार सम्मेलन गरी रुपन्देही होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघले कोरोना महामारिपछि व्यवसायमा मन्दि छाएकाले भाडामा छुट दिन आग्रह गरेका हुन् ।

संघका अध्यक्ष लेखनाथ भण्डारीले आर्थिक अभावका कारण भाडा तिर्नसक्ने अवस्था नरहेकाले घरभाडामा छुट दिँदा व्यवसायीलाई राहत मिल्ने बताउनुभयो । संस्थागत पहलमा १४ जना घरधनिबाट २० देखि ४० प्रतिशतसम्म छुट प्राप्त भएको उहाँले जानकारी गराउनुभयो ।

उहाँका अनुसार रुपन्देहीमा रहेका मध्ये ९० प्रतिशत होटल भाडामा सञ्चालनमा छन् । हाल संघमा एक हजार दुई सय ३ जना व्यवसायी आबद्ध रहेको र ५ हजार व्यक्तले रोजगार पाएको अध्यक्ष भण्डारीले बताउनुभयो ।

पत्रकार सम्मेलनमा होटल ब्यवसायी घरबहाल ब्यवस्थापन समितिका संयोजक किरण प्रसाद भट्टराईले ब्यवसायीलाई दैवीप्रकोप लगायतका कठिनाइमा संस्थाबाट सहयोग गर्दै आएको बताउनुभयो ।

संघका वरिष्ठ उपाध्यक्ष माधव खनालले रुपन्देहीमा एक हजार दुई सय ४७ वटा पर्यटक होटल रहेको बताउँदै यसमध्ये १८ हजार सात सय ५ कोठा र २८ हजार ५७ बेड रहेको जानकारी गराउनुभयो ।

संघकाअनुसार जिल्लामा पाँचतारे ३ वटा, चारतारे ३ वटा र तीन तारे करिब १५ वटा होटल रहेका छन् । यस्तै ए लेभलका ३ सय होटलहरु छन । यहाँ पर्यटन क्षेत्रमा कुल रु ३० खर्ब भन्दा बढि लगानी रहेको खनालले बताउनुभयो ।

प्रकाशित : १४ जेष्ठ २०८०, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६