अर्थ-वाणिज्य

व्यवस्था फेरियो नागरिकको जनजिवीका फेरिएन’

सन्दर्भ : १६ औं गणतन्त्र दिवस‘



पार्वती पाण्डे
कपिलवस्तु १५ जेठ ।२०६२÷०६३ को १९ दिने जनआन्दोलनले दुई सय ३८ वर्ष लामो राजतन्त्र अन्त्य गरेपछि १५ जेठ २०६५ मा जननिर्वाचित संविधानसभाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था शुभारम्भ भएको घोषणा गरेको थियो । १९ दिने जनआन्दोलन हुँदै प्राप्त भएको गणतन्त्रको १६ वर्ष पूरा हुँदा पनि जन अपेक्षा र मुलुकका समस्या जस्ताकै तस्तै छन् । १६ वर्षमा धेरै सरकार बने । तर जनताका लागि भने सबै उस्तै रहे ।जनताको बलिदान , त्याग र तपस्याले गणतन्त्र मुलुकमा आयो , सोहि अनुरुप गणतन्त्र अगाडि बढ्न सकेन । जनताले गणतन्त्रको अनुभुती गर्न नपाएको नागरिक समाज कपिलवस्तुका पुर्व अध्यक्ष द्रोणराज सुबेदी बताउनु हुन्छ । गणतन्त्रमा नेताले जुन परिणाम दिनु पर्ने थियो , त्यो हुन सकेन जसका कारण देशमा जनता निरासावादी बन्न पुगेका छन ।

आम नागरिकले संस्कारका कुरा भुलेका छन । देशमा गणतन्त्रको १६ वर्ष भयो , जनताको अवस्था सुध्रिएको छैन । गणतन्त्र कतै धरापमा पर्ने त होइन भनी नागरिकहरु चिन्ता व्यक्त गर्न थालेका छन , सुबेदीले भन्नु भयो । गणतन्त्रका अगुवाहरुको संस्कार र शैली नबदलिदा जनताका दुखः कष्ट गणतन्त्र अघि जस्तो थियो अहिले त्यस्तै छ । उनीहरुको सामाजिक,सांकृतिक र आर्थिक विकास हुन सकेको छैन । भ्रष्टाचार बेथिति मौलाउँदो छ । राजनीति कमाउने र जसरी पनि सत्तामै रहिरहने भन्ने धारणामा अघि बढेको
गणतन्त्र ल्याउनका लागि नेपाली जनताले बलिदान दिए , थुप्रै आन्दोलन भयो अहिले वर्षौपुग्दा पनि गणतन्त्र सोचेजस्तो हुन नसकेको उद्योगवाणिंज्य संघ कपिलवस्तुका पुर्व अध्यक्ष उमानाथ पौडेल बताउनु हुन्छ । गणतन्त्रको अनुभुती जनताले गर्न सकेका छैनन् । युवाहरु विदेश पलायन भएका छन , देशमा भ्रष्टाचार मौलाइरहेको छ , आम सर्वसाधारण नागरिकहरुमा निरासा छाएको छ । अबका दिनमा सबै राजनैतिक दलहरु सच्चिनु आवश्यक छ , जनतालाई गणतन्त्रको महसुस गराउनु पर्ने आवश्यकता छ । गल्ती गर्दा नेतालाई खवरदारी गर्ने कार्यकर्ता र देशलाई राम्रो गर्नु पर्छ , गणतन्त्रलाई संस्थागत गर्दै जानु पर्छ भन्ने सबैमा सद्वुद्धि आओस , पौडेलले भन्नु भयो ।
जनताको हक अधिकारको लागि संघिय लोकतान्त्रीक गणतन्त्र आएको हो , तर गणतन्त्रको मर्म अनुसार देशमा काम भैरहेको छैन अधिकारकर्मी दिना सुबदी कमालले भन्नु हुन्छ । गणतन्त्र एउटा राम्रो व्यवस्था हो , यसलाई सबै दलहरुले संस्थागत गर्दै जनताको भावना अनुरुप जानु पर्छ ,कमालले भन्नु भयो । सबै कुरा एकैचोटी नभएपनि जनताले सुधारको महसुश गर्नेगरी राजनीतिक नेतृत्वले काम गर्नु पर्छ , उहाँले भन्नु भयो ।लोकतान्त्रीक गणतन्त्रले महिला , आदिवादी , जनजाती सबैका हक अधिकार सुनिश्चित गरेको छ । गणतन्त्रलाई गर्व गर्नु पर्ने अधिकारकर्मी अम्बिका पौडेलले प्रष्ट पार्नु भयो । । यद्यपी गणतन्त्रमा भ्रष्टाचार मौलाएको छ , यसलाई गाउँ गाउँ बस्ती बस्तीबाट जनताले खवरदारी गर्न आवश्यक रहेको जनाउनु भयो ।
जनताको हक अधिकारको लागि व्यवस्था धैरै राम्रो हो , तर गणतन्त्रलाई नेताहरुलाई सहि रुपमा प्रयोग नगर्दा जनतामा निरासा छाएको अधिकारकर्मी सुष्मा खाँणले बताउनु भयो । जनताबाट चुनिएर गएका नेताहरु कुर्चिमा पुग्दा जनताको भावना र गणतन्त्रको मर्मनै विर्सेको महसुस जनताले गरेका छन । जनतामा एक प्रकारको निरासा छाएको छ । राम्रो व्यवस्थालाई विधि र निति अनुसार नतृत्वले नचलाउदा देश अराजकतातिर धकेलिएको छ , खाँणको भनाई थियो ।

प्रकाशित : १५ जेष्ठ २०८०, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६