देश

ठूल्ठूला हत्याकाण्डको छानबिन र अनुसन्धान गर्छौँ : प्रचण्ड



काठमाडौ, १६ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ठूल्ठूला हत्याकाण्डको छानबिन र अनुसन्धान थालिने बताउनुभएको छ ।

नेकपा माओवादी केन्द्रको सल्लाहकार बैठकलाई सम्बोधन गर्दै पार्टी अध्यक्षसमेत रहेका प्रचण्डले इतिहासका ठूला भ्रष्टाचार काण्डहरुको पनि अब फाइल खुल्ने बताउनुभयो ।

अध्यक्ष प्रचण्डले गौर हत्याकाण्ड र राजदरबार हत्याकाण्डको अनुसन्धान हुने भन्दै ती हत्याकाण्डमा धेरै रहस्यहरू लुकेको बताउनुभयो ।

प्रधानमन्त्रीले यस्ता काण्डहरुको फाइल खोल्न अघि बढ्दा आफूलाई जनयुद्धको सुरुवात गर्ने बेलाको जस्तै अवस्था आएको बताउनुभयो ।

प्रकाशित : १६ जेष्ठ २०८०, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६