प्रदेश

लुम्बिनी प्रदेशः १५ अर्ब ३८ करोड रुपैयाँ वित्तीय हस्तान्तरण



कपिलवस्तु, १६ जेठ । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमबार प्रस्तुत गरेको आगामी वर्षको बजेटमा लुम्बिनी प्रदेशका अन्तरसरकारी वित्तीय हस्तान्तरणअनुसार १५ अर्ब ३८ करोड ४२ लाख बजेट विभिन्न शीर्षकमा छुट्याएको छ ।
यसमा पुँजीगततर्फ ४ अर्ब ७३ करोड र चालुतर्फ १० अर्ब ६५ करोड रुपैयाँ रहेको छ ।

समानीकरण अनुदानतर्फ ८अर्ब १४ करोड ८३ लाख,सशर्त अनुदानतर्फ ५ अर्ब ८३ करोड ५९ लाख, समपूरक अनुदानतर्फ ८४ करोड तथा विशेष अनुदानतर्फ ५६ करोड छुटुयाइएको छ ।
संघीय सरकारबाट लुम्बिनी प्रदेशका अधिकांश पुराना महत्त्वपूर्ण परियोजनाले निरन्तरता पाएका छन् । केही योजना काटेर नयाँ योजना पनि बजेटमा समेटिएको छ । यसअघि बजेट विनियोजन भएर सकिने अवस्थामा पुगेका योजनालाई पनि निरन्तरता दिइएको छ ।

४३ वर्षदेखिको लुम्बिनी गुरुयोजनाको बाँकी काम सञ्चालनको लागि निरन्तरता दिइएको छ । त्यस्तै, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण रुपमा सञ्चालनको पहल, विमानस्थलबाट उडान गर्ने कम्पनीलाई ग्राउण्ड ह्याडलिङ शुल्क छुट दिने घोषणा गरेको छ ।

उता, भैरहवास्थित विशेष आर्थिक क्षेत्रलाई पूर्ण रुपमा सञ्चालन गर्ने, रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्र सञ्चालनका लागि अगाडि बढाइने घोषणा गरेको छ । गुल्मीको रेसुङ्गा, दाङको दंगीशरणलाई पर्यटन गन्तव्य क्षेत्र बनाउन पनि बजेटमा उल्लेख छ ।

यस्तै, रुपन्देहीको बुटवल कर्साघाटमा बृहत् कृषि परियोजना सञ्चालन गर्नेदेखि बुटवल–नारायणगढ खण्ड सडक विस्तारलाई ३१ अर्ब २ करोड बजेट विनियोजन गरेको छ । कोहलपुर–बुटवल सडक, बुटवल–पोखरा सडक स्तरोन्नति तथा सिद्धबाबा सुरुङ मार्गलाई आवश्यक बजेट विनियोजन गरेको उल्लेख छ ।

प्रकाशित : १६ जेष्ठ २०८०, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६