कपिलवस्तु, १६ जेठ ।शिवराजमा सञ्चालित होटल व्यवसायमा यौन धन्दा मौलाएको भन्ने समाचार प्रति होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुले आपत्ती जनाएको छ । केहि समय अघि बुटवल टुडेमा सम्प्रेषित समाचर र युवा जागरण अभियान नामक फेसबुक पेजका कमेन्ट प्रती संघले आपत्ती जनाएको हो ।कपिलवस्तुको व्यपारिक केन्द्र शिवराज नै असुरक्षित रहेको गलत सन्देश जाने गरि आवश्यक भन्दा बढी सामाजिक संजाल र मिडियाबाट मिडियाबाजि नगर्न समेत सघंले आग्रह गरेकोछ ।
विकृति अन्त्य गर्ने आफ्नो पनि चाहना रहेको र त्यसमा संघ कटिबद्ध रहेको हुँदा होटल व्यवसायलाई त्रसिद र बदनाम गर्ने शैली रोक्न सघंले आग्रह गरेको छ ।होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुका अध्यक्ष रविन्द्र पौडेलद्वारा हस्ताक्षरीत विज्ञप्तिमा व्यवसाय गरेका र होटल, लजमा बसेका सबैलाई यौन कर्मीको संज्ञा दिनु गलत रहेको बताइएको छ ।
यस्तो छ विज्ञप्तिः
प्रतिक्रिया