अर्थ-वाणिज्य

सास्कृतिक र आर्थिक राजधानीकालागि बजेट देऊ: सांसद पन्थी




सरिता थारु
कपिलबस्तु १७ जेठ । लुम्बिनी प्रदेशका प्रदेश सांसद विष्णु पन्थीले भारत सरकारले हालै सावर्जजनिक गरेको नक्सामा नेपालको कपिलवस्तु, लुम्विनी र विराटनगरको भुभाग समेटेको आपत्ती जनाउनुभएको छ । उहाले भारतले नेपाललाई पटक पटक हेपाह प्रबृति देखाएको भन्दै केन्द्र सरकारले नै यसको विरोध गर्नुपर्ने उल्लेख गर्नुभयो । लुम्बिनी प्रदेश सभाको बैठकमा बोल्दै उहाले यस्तो बताउनुभएको हो ।
यस्तै उहाले कपिलबस्तुलाई सांस्कृती र रुपन्देहीलाई आर्थिक राजधानीको रुपमा विकास गरिने छ भनिसा संकल्प प्रस्ताव परित गरेको स्मरण गराउदै यसको लागि आगामी आर्थिक बर्ष २०८०।२०८१मा बजेट विनियोजन गर्नुपर्नेमा जोड दिनुभयो । उहाले स्थायी राजधानीको भौतिक पुर्वधारण निमार्ण भैरहदा कपिलबस्तुलाई भने सांस्कृतीक राजधानी बनाउने तर्फ सरकारको आवश्यक ध्यान जान नसकेको भन्दै ध्यानाकषर्ण गराउनुभयो ।
यसैगरी उहाले कपिलबस्तुको बाणगंगा नदिको मुहानको रुपमा रहेको अर्घखांचीको दोमिलामा ड्याम निमार्णको लागि बजेट विनियोज गर्नु अनुरोध गर्दै प्रदेशको गौरवको आयोजनाको रुपमा राख्नुपर्नेमा जोड दिनुभयो । ड्याम निमार्ण भए कपिलबस्तु, अर्घखांची सहीत रुपन्देहीको पश्चिमी क्षेत्रका किसानलाई सिंचाई सुविधा पुर्याउन सकिने जिकिर गर्नुभयो ।सांसद पन्थीले इलेक्ट्रिक बस, प्रदेशको औचित्य, आगामी वर्षको बजेट तथा कार्यक्रमका प्राथमिकता लगायतका समसामयिक बिषयमा महत्वपूर्ण विचार राख्नु भएको हो ।

प्रकाशित : १७ जेष्ठ २०८०, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६