खोज–अनुसन्धान

१९० जना पत्रकार अव महासंघमा रहेनन्: केन्द्रिय उपाध्यक्ष र जिल्ला अध्यक्षको सदस्यता खारेज




दाङ १९ जेष्ठ । नेपाल पत्रकार महासंघ दाङ शाखाले महासंघका केन्द्रीय उपाध्यक्ष उदय जिएम सहित १९० जनाको साधारण सदस्यता खारेजीको सिफारिस गरेको छ । दाङ महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेलको गृह जिल्ला हो ।महासंघको शुक्रबार बसेको बैठकले ‘शुद्वीकरण अभियान’ अन्तर्गत नविकरण मापदण्डभित्र नपर्ने र क्रियाशील नरहेकाको सदस्यता खारेज गर्ने निर्णय गरेको शाखा अध्यक्ष दुर्गालाल केसीले जानकारी दिए ।
‘केन्द्रीय उपाध्यक्ष जिएम हाल पत्रकारिता पेसामा निष्क्रिय भएकाले उनको सदस्यता खारेजीको सिफारिस गरिएको हो’, अध्यक्ष केसीले बताए । सदस्यता खारेजीको सिफारिसमा अध्यक्ष केसी स्वयम् परेका छन् । महासंघले बनाएको मापदण्डमा नपर्ने भएकाले आफ्नो सदस्यता पनि खारेजीको सिफारिस गरिएको उनले बताए ।‘शुद्वीकरणको मापदण्डमा नपर्ने भएकाले मेरै समेत सदस्यता खारेजीको सिफारिस गरिएको छ’, अध्यक्ष केसीले भने,महासंघलाई फुलटाइम पत्रकारिता गर्नेको संस्था बनाउन यस्तो निर्णय गरेका हौं ।ञसदस्यता खारेजीको सिफारिसमा महासंघ दाङ शाखाका सचिव आरके शीतल, सदस्यहरू गिरिराज नेपाली, सन्तोष केसी र उदय बिसी पनि परेका छन् ।
त्यसैगरी प्रेस सेन्टरका केन्द्रीय उपाध्यक्ष अजयदीप शर्मा, सञ्चारमन्त्त्रीका प्रेस सल्लाहकार नरेन्द्र केसी, संसद सचिवायलका प्रेस विज्ञ डिल्ली मल्ल, प्रेस चौतारीका केन्द्रीय सदस्य एवं संस्कृत विश्व विद्यालयका उपकुलपति यादवप्रसाद लामिछानेका स्वकीय सचिव टीका बस्नेत, लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली चौधरीका प्रेस संयोजक गोपाल शर्मा भट्टराई, प्रेस युनियनका लुम्बिनी प्रदेश अध्यक्ष सुदीप गौतम, प्रेस युनियनका उपमहासचिव सुलोचना गौतम सहित १९० जनाको सदस्यता खारेजीको सिफारिस प्रदेश समितिमा गरिएको छ । सुलोचना पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेलकी पत्नी हुन् ।
यो विषयमा पत्रकार महासंघका उपाध्यक्ष उदय जीएमले गलत ढंगले सिफारिस गरेर दाङ शाखाले शुद्धीकरण अभियानलाई गिजोल्ने प्रयास गरेको बताए । उनले भने, ‘शुद्धीकरण अभियान गर्नैपर्थ्यो, गर्नैपर्छ । तर, यसमा राख्नुपर्ने मान्छे फालिएका छन् र फाल्नुपर्ने मान्छे सिफारिस भएका छन् । सिफारिसका विषयमा केन्द्रले प्रदेशबाट फाइल मगाउला म आफैँ बसेर छानबिन गर्नेछु ।’
सिफारिसमा विवेक प्रयोग नगरिएको, राजनीतिक आग्रह पूर्वाग्रह राखिएको र क्याम्पियन गरिएको उनले बताए । पत्रकारको परिभाषामा प्रकाशक पनि रहेको स्मरण गर्दै उनले स्थानीय पत्रिकाका प्रकाशकको नाम पनि त्यो सूचीमा राखिएको देख्दा आश्चर्यमा परेको बताए । पत्रकार महासंघले सदस्यता शुद्धीकरण अभियानलाई यो पटक तीव्र पारेको छ । जिल्लाजिल्लामा स्वतस्फूर्त सदस्यता त्यागेको घोषणा गर्नेहरू पनि बढिरहेका छन् ।

प्रकाशित : १९ जेष्ठ २०८०, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६