कपिलवस्तु १९ जेठ ।नेपाल सरकारले ल्याएको नागरिकता विधयेक प्रमाणिकरण र भारत सरकारले “अखण्ड भारत” को नाममा हाम्रो भुगोल समावेश गरेको कार्य सच्याउन राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी कपिलवस्तुले जोड्दार माग गरेको छ । प्रधानमन्त्रीको भारत भ्रमणको पूर्वसन्ध्यामा भारत सरकारले “अखण्ड भारत“ को नाममा हाम्रो भुगोल ऐतिहासिक, पर्यटकीय स्थल लुम्बिनी र कपिलवस्तु समावेश गर्दा पनि नेपाल सरकार चुइक्क नबोलेको र भारतलाई खुसी पार्न नेपाल सरकारको मन्त्रीपरिषद्बाट गैर संवैधानिक तवरबाट राष्ट्रपतिबाट नागरीकता विधेयक प्रमाणीकरण गरीएको कार्यप्रति खेद प्रकट गर्दै राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी कपिलवस्तुका अध्यक्ष कमल क्षेत्रीको हस्ताक्षरीत प्रेस विज्ञप्ति कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्य मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र पेश गरिएको हो ।
त्यस्तै नेपाल सरकारले दिनप्रतिदिन यसरि नै राष्ट्रहित र संविधान विरोधी क्रियाकलाप गर्दै लोकतन्त्रकै उपहास गर्ने कार्य गर्दै गए राष्ट्र र राष्ट्रियता बचाउन ज्यानको बाजी थापेर भएतापनी चरणवद्ध आन्दोलनको आधिवेहरी श्रृजना गर्न राष्ट्रिय युवा संघ नेपाल बाध्य हुने कपिलवस्तुका अध्यक्ष कमल क्षेत्री चेतावनी समेत दिनुभयो ।ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी आचार्यले ज्ञापन पत्र तत्काल सम्बन्धि निकायमा पठाउने बताउनुभयो । राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी कपिलवस्तुका अध्यक्ष कमल क्षेत्री, एमाले जिल्ला कमिटी सदस्य एवम् राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य धनु अधिकारी, नेकपा (एमाले) जिल्ला कमिटी सदस्य पुर्ण चन्द्र परियार, राष्ट्रिय युवा संघ नेपाल प्रदेश कमिटी सदस्यद्धय विनोद भट्राई, अस्मिता चुँदाली क्षेत्री, जिल्ला सचिवालय सदस्यहरु राम प्रसाद भुसाल, आलम शाह मुसलवान, जिल्ला कमिटी सदस्य नविन राना, मायादेवी गाउँकमिटी अध्यक्ष अस्फाक आलम मुसलमान, बाणगंगा नगर कमिटी सचिव टंक प्रसाद पाण्डे लगायतको टोलिले ज्ञापन पत्र बुझाएको हो । यूवासंघले आन्दोलनका थप कार्यक्रम घोषणा गर्ने भएको छ ।
प्रतिक्रिया