अर्थ-वाणिज्य

कर्मचारीमाथि समस्या खडा गरिएमा कडा प्रतिवादमा उत्रन प्रशासकिय अधिकृतको आग्रह




सीता बेल्बासे
कपिलवस्तु १९ जेठ । कर्मचारी माथि आइपरेको असहज परिस्थितिमा सबै एकजुट हुनुपर्ने वाणगंगा नगरपालिका प्रमुख प्रशासकिय अधिकृत खिमानन्द भुषालले बताउनु भएकोछ । वाणगगां कर्मचारी संगमको चौथो साधारण सभा तथा तेस्रो अधिवेशनलाई सम्बोधन गर्दै शुक्रबार उक्त कुरा बताउनु भयो । निजामती कर्मचारी, शिक्षक, बैङ्क कर्मचारी, सार्वजनिक संस्थाका कर्मचारी लगायत अनेकौँ श्रमिक कर्मचारी आ–आफ्ना समस्या तथा मागहरु समाधान गदै सरकार÷व्यवस्थापनमा काम गदै आएको बताउनु भयो ।बिभिन्न क्षेत्रबाट कर्मचारीहरु क्रियाशिल रहदै समाज परिवर्तन गदै आएको उहाले बताउनु भयो ।
यस्तै वाणगंगा नगरपालिका शिक्षा शाखा प्रमुख खिम बहादुर जिसीले कर्मचारी आफनो पेसामा एक जुट भइ कठिबद्ध रहेर सम्पूर्ण पेसाकर्मीहरुलाई सुरक्षित रहन र सरकारद्वारा जारी निर्देशनको पालना गरी पेसाकर्मीहरु माथि आइपरेको असहज परिस्थितिमा आवज उढाउनु पर्ने बताउनु भयो । साथै नगर भित्र रहेका कर्मचारीको समस्या पिर मर्का बुझन्नको लागि कर्मचारी संगमको आवश्यकता रहेको बताउनु भयो । नगरका कर्माचारीको हक हितका पक्षमा जुझारु रुपमा कर्मचारी संगमको आफ्नो गतिविधिलाई नेतृत्व गर्दै आएको उहाले बताउनु भयो । कर्मचारी संगममा आवद्ध भएर काम गदै आएका अन्य ठाउँमा सरुवा भएर जाने कर्मचारीलाई विदाइ तथा नयाँ कर्मचारी स्वागत गरिएको थियो ।

प्रकाशित : २० जेष्ठ २०८०, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६