अर्थ-वाणिज्य

अनुदानको मल एग्रोभेटलाई विक्री गरेको पुष्टि




पाल्पा २० जेठ । रामपुरको हराभरा कृषि सहकारीले अनुदानको मल एग्रोभेट पसललाई मल बिक्री गरेको छ । रामपुर–७, को हराभरा कृषि सहकारी संस्थाले किसानका लागि अनुदानमा प्राप्त मल एग्रोभेटलाई बिक्री गरेको हो ।नेपाल सरकारले किसानलाई अनुदानमा दिएको मल सहकारी मार्फत किसानलाई वितरण गर्नुपर्नेमा फरक जिल्लाको एग्रोभेटलाई मल बिक्री गरेको पाइएको हो । सहकारी संस्थाले वालिङ भकुण्डेको गरिमा एग्रोलाई मल बिक्री गरेर लादै गरेको बेलामा मलसहित गाडीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
सहकारी मार्फत प्रतिबोरा एक हजार ५० रुपियाँका दरले बिक्री गरेको बिल सहित मल बरामद गरिएको वडा प्रहरी कार्यालय वालिङ्का प्रमुख इकवाल हवारीले जानकारी दिनुभयो । बरामद गरिएको मल रामपुर नै फिर्ता गरिएको हवारीले जानकारी दिनुभयो । उहाँका अनुसार गैरकानुनी रुपमा ल्याएको ४० बोरा मल नगरपालिकामा फिर्ता पठाइएको छ ।रामपुर नगरपालिकाले हरभरा कृषि सहकारीलाई २०० बोरा मल उपलब्ध गराएको नगरपालिकाका कृषि शाखा प्रमुख रामहरी पाण्डेले बताउनुभयो ।
नगरपालिकाले ढुवानी जोडेर प्रतिबोरा एक रुपियाँ मात्र नाफा लिएर किसानलाई बेच्न सहकारीलाई भनेको छ । रामपुर नगरपालिकाले नगरभित्रका सहकारीलाई पटक–पटक गरी पछिल्लो समय एक हजार १०० बोरा मल अनुदानमा उपलब्ध गराएको थियो ।हराभरा कृषि सहकारी सस्थाका अध्यक्ष गितादेवी भट्टराईउपाध्ययले सहकारीका सदस्यबाटै चलेको पसलबाट किसानलाई मल बिक्री गर्दै आएकोमा वालिङ पुगेको विषयले आफू अचम्ममा परेको बताउनुभयो ।

प्रकाशित : २० जेष्ठ २०८०, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६