कपिलवस्तु २० जेठ ।राष्ट्रिय जनगणना २०७८ को अन्तिम तथ्यांक अनुसार कपिलवस्तु जिल्लामा सबैभन्दा धेरै मुसलवान जातिको जनसंख्या रहेको छ । दोश्रोमा थारु जातिको जनसंख्या रहेको तथ्यांक कार्यालय कपिलवस्तुले सार्वजनिक गरेको छ ।जिल्लाको कुल जनसंख्या ६ लाख ८२ हजार ९६१ को १७.४ प्रतिशत अर्थात १ लाख १८ हजार ८३९ जना मुसलवान छन् ।त्यस्तै, दोश्रोमा थारु जातिको जनसंख्या ७५ हजार १ सय १९ अर्थात १०.९ प्रतिशत रहेको छ भने तेस्रो नम्बरमा यादव जातिको ६६ हजार ७ सय ९६ अर्थात ९.७ प्रतिशत, चौथो नम्बरमा पहाडि ब्राह्मण ४९ हजार ८ सय २५ अर्थात ७.२ प्रतिशत जनसंख्या रहेको कार्यालयको कार्यालयको विवरणमा उल्लेख छ ।
त्यस्तै, कुर्मि जातिको ४२ हजार ४ सय चालिस अर्थात ६.२ प्रतिशत, दुसाध÷पासवान जातिको २८ हजार ४ सय ९५ अर्थात ४.१ प्रतिशत, क्षेत्रि जातिको २७ हजार २ सय १० अर्थात ३.९ प्रतिशत, मगर जातिको २४ हजार ९६ अर्थात ३.५ प्रतिशत जनसंख्या रहेको छ ।यसैगरी चमार÷हरिजन जातिकोे जनसंख्य २३ हजार ३ सय १३ अर्थात ३.४ प्रतिशत, ब्राह्मण तराई जातिको १७ हजार ६ सय ४ अर्थात २.५ प्रतिशत जनसंख्या रहेको तथ्यांकले जनाएको छ ।
जिल्लामा जम्मा ८२ जातजातिको बसोवास रहेको छ । जसमा अन्य जातजातिको जनसंख्या २ लाख ९ हजार २ सय ५१ रहेको छ ।जिल्लामा राष्ट्रिय जनगणना २०६८ को तथ्यांक अनुसार ५ लाख ७१ हजार ९ सय ३६ जनसंख्या थियो भने राष्ट्रिय जनगणना २०७८ का अनुसार १२ लाख ५४ हजार ८ सय ९७ थप भएको छ । राष्ट्रिय जनगणना २०७८मा जिल्लाको जनसंख्या ६ लाख ८२ हजार ९ सय ६१ पुगेको तथ्यांक रहेको छ ।
प्रतिक्रिया