पर्यटन

बृहत् लुम्बिनी क्षेत्रका स्थानीय तहसँग छलफल



जेष्ठ २२, तिलोत्तमा — लुम्बिनी विकास कोषले आगामी आर्थिक वर्ष ०८०र८१ को नीति कार्यक्रममा सहकार्यका विषयमा बृहत् लुम्बिनी क्षेत्रका स्थानीय तहसँग छलफल गरेको छ । बृहत् लुम्बिनी क्षेत्रमा बुद्धस्थलको संरक्षण, सम्वर्द्धन र प्रवर्द्धनमा सहकार्य गर्ने गरी छलफल गरिएको हो ।

बुद्धजन्मस्थल लुम्बिनीको विकाससँगै गौतम बुद्धको गृहनगर तिलौराकोट, अस्तुधातु रहेको रामग्राम र मावली देवदहका पुरातात्त्विक क्षेत्रको संरक्षण, उत्खनन र प्रवर्द्धनमा सहकार्य गर्ने उद्देश्यले छलफल कार्यक्रम गरिएको कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराईले जानकारी दिनुभएको छ ।

आगामी आर्थिक वर्षको बजेट निर्माणको पूर्वसन्ध्यामा पुरातात्त्विक क्षेत्रको उत्खनन, संरक्षण र प्रवर्द्धनमा उपलब्धिमूलक काम गर्नका लागि छलफल फलदायी हुने उहाको विश्वास छ । उहाले आगामी आर्थिक वर्षको नीति कार्यक्रम र बजेटमा स्थानीय सरकारसँग सहकार्यमा बृहत्तर लुम्बिनी क्षेत्रमा उत्खनन र प्रवर्द्धनमा काम गरिने बताउनुभयो ।

छलफलमा लुम्बिनी सांस्कृतिक नगरपालिकाका नगरप्रमुख सजरुद्धिन खानले लुम्बिनीको बाहिरी क्षेत्रमा पनि पर्यटक लोभ्याउने गरी विकास गर्नुपर्नेमा जोड दिनुभएको छ । नगरपालिका विकास कोषसँग सहकार्य गरी कार्य गर्न तयार रहेको उहाले बताएउनुभयो ।

छलफलका अवसरमा लुम्बिनी विकास कोषका सदस्यसचिव सानुराजा शाक्यले पटक(पटक बृहत्तर लुम्बिनी क्षेत्रमा विकास हुन नसकेको भन्दै गुनासो आइरहेकाले त्यसलाई आगामि दिनमा सम्बोधन गर्न कार्यक्रम गरिएको बताउनुभयो । उहाले स्थानीय तहले पनि आफ्नो सम्पदा क्षेत्रहरूको संरक्षण र प्रवर्द्धनमा बजेट छुट्याएर जानुपर्नेमा जोड दिनुभयो ।

प्रकाशित : २२ जेष्ठ २०८०, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६